Saturday, April 12, 2025

आजको मिति: २०८१ चैत्र २९ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
पोखरामा नयाँ वर्ष संगीतसँगै
पोखरामा प्रथम एलिट भलिबल कप सुरु
२० औं फेवा नव वर्ष महोत्सव २०८२ को तयारी पुरा
Next
Prev

पर्यटन तथा उद्योग कार्यालय, तनहुँबाट प्रदान गरिने सेवाहरू

Share on facebook
Share on twitter
Share on linkedin

तनहुँ, गण्डकी – गण्डकी प्रदेश सरकार अन्तर्गत उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको पर्यटन तथा उद्योग कार्यालय, तनहुँले उद्योग तथा पर्यटन प्रवर्द्धनका लागि विभिन्न सेवा प्रदान गर्दै आएको छ।


उक्त कार्यालयले लघु, घरेलु तथा साना उद्योगहरूको दर्ता तथा नवीकरणको व्यवस्था गर्दछ। साथै, निजी तथा साझेदारी फर्महरूको दर्ता, संघसंस्था नवीकरण, नामसारी, ठाडो सिफारिस तथा खारेजी प्रक्रियाहरू पनि यही कार्यालयमार्फत गर्न सकिन्छ।


उद्यमशीलता तथा सीप विकासलाई प्रवर्द्धन गर्न व्यवसायिक तालिमहरू सञ्चालन गरिनुका साथै उद्योग तथा व्यवसाय प्रवर्द्धनका लागि आवश्यक प्रक्रिया हस्तान्तरण गरिन्छ।


बजार अनुगमन तथा उद्योगहरूको नियमित निरीक्षण गर्नुका साथै पर्यटन प्रवर्द्धन गर्न विभिन्न योजनाहरू सञ्चालन गरिन्छ, जस्तै – पर्यटकीय बाटो, पार्क, हरितपार्क, चौतारी संरक्षण आदि।


पर्यटकीय होटल, लज, रेष्टुरा, रिसोर्ट तथा ट्रेकिङ एजेन्सीहरूको दर्ता तथा नवीकरण गर्ने सुविधा पनि कार्यालयले प्रदान गर्दै आएको छ।


तनहुँको पर्यटन तथा औद्योगिक विकासलाई प्रवर्द्धन गर्न यस कार्यालयले महत्वपूर्ण भूमिका खेल्दै आएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

पोखरामा नयाँ वर्ष संगीतसँगै

पोखरामा प्रथम एलिट भलिबल कप सुरु

२० औं फेवा नव वर्ष महोत्सव २०८२ को तयारी पुरा

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist