Tuesday, September 17, 2024

आजको मिति: २०८१ आश्विन १ ,मंगलवार

  • समाचार
  • समाचार
  Latest
माछापुच्छ्रे गा.पामा बाल संवाद कार्यक्रम सम्पन्न
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

पृथ्वी राजमार्ग वैकल्पिक सडक बाटोको शिलान्यास गर्दै वडा अध्यक्ष नरेन्द्र थापा

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखरा जोड्ने पृथ्वी राजमार्गको बैकल्पिक सडक मार्ग ठानिएको पोखरा १३ साँघुकोमुखदेखि पोखरा २६ सिलिङ्गेसम्मको बाटो निर्माण कार्य बुधबारदेखि शुरु गरिएको छ।


वि स २०४९ सालमा ट्रयाक खोलिएको वाटोेको स्तउन्नति गर्नका लागि विहिवार पोखरा महानगरपालिका वडा नं २६ का वडाअध्यक्ष नरेन्द्र थापाले उक्त बाटोको शिलन्यास गरे।


बैदिक मन्त्रोच्चारणका साथ शुरु गरिएको उक्त बाटो एक वर्षभित्र निर्माण सम्पन्न हुने पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले जानकारी दिए।


राष्ट्रिय गौरवको योजना अन्तरगत विनियोजित रकम अन्तरगत निर्माण सम्पन्न हुने उक्त सडक मार्ग निर्माण सम्पन्न गर्न ठेक्का दिई सकिएको छ।


तीन करोड १२ लाखको लागतमा निर्माण सम्पन्न हुने उक्त सडक नाला सहितको ११ मीटर चौडा र एक किलोमिटर एकसय १० मिटर लामो हुने बताइएको छ।


उक्त सडक निर्धारित समयभन्दा तीन महिना अगावै नौ महिनाभित्र बनाइसक्ने प्रतिबद्धता निर्माण पक्षले आफुसंग जनाएको वडाध्याक्ष थापाले जानकारी दिए।


वडाधीक्ष थापाले “बाटो निर्माण सम्पन्न भएसँगै बर्षौदेखिका स्थानियहरुका दु:ख दुर हुने” तथा मादी गाउँपालिकाका केहि भाग पोखरा २८ र २६ का स्थानियहरुलाई पोखरा पुग्नका लागि छोटो र गतिलो बाटो बन्ने विश्वास व्यक्त गरेका छन् । साथै उनले उक्त कामको अनुगमन तथा निगरानी गरिदिनु हुन सरोकारवाला सबैसंग आव्हान पनि गरेका छन्।


पोखरा जोड्ने मुख्य नाका बिजयपुर पुलको मात्र भरपर्दा समस्या आउन सक्ने सम्झिएर आफूले डहरे साँघुको आफ्नो वडा तर्फको काम सम्पन्न गरिसकेको जानकारी दिंदै वदाध्यक्ष नरेन्द्र थापाले अबको हप्तादिनमा बुढिबजार-खराने हुँदै राखिडाडासम्मको काम पनि शुभारम्भ हुने र कालिका चोक जल्धारे थुमको डाडाको काम पनि लगत्तै शुरु हुने बताएका छन्।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist