हाम्रो समानान्तर मिडियाले श्री गण्डकी कोटिहोमलाई गत फागुन बाट नै समाचार प्रकाशित गरेर निरन्तर साथ दिइएको कुरा पाठक वर्गलाई राम्रोसँग थाहा छ । काठमाडौंका पत्रकार पोखरा आएर गण्डकी कोटिहोम बारेको विशेषअङ्क अग्निचक्र राष्ट्रिय मासिकमा प्रकाशित गरेको देखेपछि हामी पोखराका मिडियाले पनि झन् राम्रोसँग साथ दिनुपर्ने महसुस गरेर अग्निचक्रका प्रकाशित कोटिहोम विशेषका सामाग्रीहरुको हरेक पेजका फोटो खिचेर पोखरावासी र आम देशवासीलाई जानकारी हामीले दिदै आएको सबैलाई थाहा छ ।
अग्निचक्रले प्रकाशित गरेको गण्डकी कोटिहोम बारेको ४ ओटा विशेषाङ्कमा सम्माननीय प्रधानमन्त्री ओली, सभामुख देवराज घिमिरे, गण्डकीका मुख्यमन्त्री लगायत सम्पूर्ण प्रदेश सांसदहरू, वडा अध्यक्षहरु, उद्योगी, व्यवसायी र समाजसेवी स्थानीयवासी बुद्धिजीवीहरु लगायतका महानुभावहरुको शुभकामना छापिएको थियोे, त्यही कारण पोखरेली जनताहरु सकारात्मक भएका थिए र अहिले दैनिक लाखौं भक्तजनको उपस्थिति कोटिहोममा भैरहेको छ । यसका लागि अग्निचक्र परिवारलाई धेरै धेरै धन्यवाद दिन चाहन्छौं ।
अहिले धेरै मिडियाले यसरी समाचार लेखिरहेका छन् :- गण्डकी प्रदेशको मुख्य आकर्षण रहेको भनिएको पोखरा-१७ स्थित बिरौटामा वैशाख १७ गते शुरु भएर जेठ २६ गतेसम्म आयोजना भैरहने भन्दै व्यापक प्रचार गरिएको कोटिहोम सफल भएको घोषणा शङ्ख फुकेर गरिएको छ । सभ्य-भव्य रूपमा दैनिक लाखौं भक्तजनहरुको उपस्थितिमा आयोजना भैरहेको ऎतिहासिक श्री गण्डकी सय कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ २०८२ लाई अग्निचक्र राष्ट्रिय मासिकले लगातार ४ पटक विशेषाङ्क प्रकाशित गरेर साथ दिइरहेको पाइएको छ ।
यत्ति ठुलो भव्य कोटिहोम कार्यक्रमको अग्निचक्रले मात्रै विशेष-अङ्क प्रकाशित गरेको हो । सनातन क्षेत्रमा यज्ञ-शिरोमणि भनेर चिनिएका धर्म-सम्राट तथा बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजले संकल्प गर्नुभएको श्री गण्डकी कोटिहोमलाई अग्निचक्र मासिकले गत २०८१ फागुन-अङ्कदेखि नै अहिले जेठ २०८२ अङ्कसम्म साथ दिएको देखिएको पाइयो ।
केन्द्रीय राजधानी-काठमाडौंबाट प्रकाशित एवं प्रेस काउन्सिल नेपालद्वारा “क” वर्गमा वर्गीकृत अग्निचक्र राष्ट्रिय मासिक पत्रिका १६ वर्ष ११ महिनादेखि लगातार प्रकाशित भैरहेको छ । अध्यात्म-प्रधान मासिक पत्रिकाको रूपमा अग्निचक्र मासिक प्रकाशित भैरहेको हो ।
वैदिक सनातन धर्मको प्रवर्द्धन र रक्षाका लागि गण्डकी कोटिहोममा आएका भक्तजनले अग्निचक्र नि:शुल्क पढ्न पाइने र लैजान सकिने कुरा पोखरा, बिरौटा स्थित कोटिहोम परिसरमा भेटिएका मानव सेवा फाउन्डेसनका एक कर्मचारीले बताए ।
अग्निचक्रले फागुनको अङ्कलाई “श्रीगण्डकी कोटिहोम पोखरा विशेष-अङ्क” को नाम दिएर प्रकाशित गरेको थियो भने चैतको अङ्कलाई “शत कुण्डीय गायत्री कोटिहोम गण्डकी विशेषाङ्क” नाम दिएर प्रकाशित गरेको थियो । त्यस्तै अग्निचक्र मासिकले वैशाख २०८२ को अङ्कलाई “कोटिहोम-महायज्ञ-विशेषाङ्क-२०८२” कभर पेजमा नै नाम दिएर प्रकाशित गरेको थियो भने अहिले अन्तिम पटक चाहिँ अग्निचक्रले “श्री-गण्डकी-कोटिहोम-बिरौटा-पोखरा, यज्ञ-शिरोमणि-विशेषाङ्क-जेठ-२०८२” को रूपमा कभर पेजमै नाम दिएर प्रकाशित गरेको छ ।
यज्ञ-शिरोमणिको गण्डकी कोटिहोम बारेमा ४ पटकसम्म लगातार विशेषाङ्क प्रकाशित गर्ने अग्निचक्र मासिक परिवारलाई हार्दिक धन्यवाद छ । जय-श्री-गण्डकी-कोटिहोम ! महायज्ञ संकल्पकर्ता महाराज जीको जय भैरहोस् !! ॐ !!
समानान्तर मिडियाले शुरूवात बाट नै अग्निचक्रको यो महान कार्यको तारिफ गरेको थियोे । आध्यात्मिक, धार्मिक मासिक पत्रिका अग्निचक्रले मात्रै विशेष-अङ्क प्रकाशित गरेर कोटिहोम परिवार र पोखरेलीवासी एवं बिरौटाका विशेष गरि १७ वडाका सम्पूर्णलाई ठुलो गुन गरेको कुरा कोटिहोम परिसरमा भेटिएका आमा समुहहरुले बताए । उहाँहरु सबैको हात, हातमा अग्निचक्र कोटिहोम विशेषाङ्क देखिन्थ्यो । कोटिहोम चोकमा भेटिएका सबैको जय होस् !! अनाथ बाल बालिका र असहाय वृद्ध आमा बुबाको पालन र संरक्षण गर्दै आउनु भएका धर्म सम्राट महाराज विजय कृष्णमूर्तिज्यूलाई सबै नेपालीले युगयुग सम्म पनि बिर्सन सक्दैनन् । जय होस् !!
https://samanantarmedia.com/प्रम-ओलीको-शुभकामना-छापि अग्निचक्र मासिक “फागुन-२०८१” को कोटिहोम विशेषाङ्क
https://samanantarmedia.com/बालयोगेश्वरले-संकल्प-गरे अग्निचक्र मासिक “चैत-२०८१” को कोटिहोम विशेषाङ्क
https://samanantarmedia.com/अग्निचक्र-राष्ट्रिय-मासि अग्निचक्र मासिक “वैशाख-२०८२” को कोटिहोम विशेषाङ्क