Thursday, September 19, 2024

आजको मिति: २०८१ आश्विन ३ ,बिहीबार

  Latest
शिव शक्ति क्याम्पसको ३२ औं स्थापना दिवस सम्पन्न
Next
Prev

बिरामी बोकेर हिडेको हेलिकप्टर माैसम खराबीका कारण आकाश्मिक खेतमा अवतरण

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
डोल्पाबाट बिरामी बोकेर बाँकेको नेपालगञ्ज उडान गर्ने तयारीमा रहेको नेपाली सेनाको हेलिकोप्टर खराब मौसमका कारण सुर्खेतको लेकवेशी नगरपालिकामा आकस्मिक अवतरण गरिएको छ।


लेक लागेर बिरामी भएका सशस्त्र प्रहरीका असई नरबहादुर विसीलाई डोल्पाबाट उपचारका लागि नेपालगञ्ज लगिँदै थियो। तर,बाटोमै मौसम खराब भएपछि लेकवेशी नगरपालिका–६ मा आकस्मिक अवतरण गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिए।


हेलिकोप्टर साढे १२ बजेतिर खेतमा अवतरण गरेको थियो। मौसममा सुधार आएपछि हेलिकोप्टर सुर्खेत विमानस्थल ल्याइपुर्‍याइएको छ।


विरामी सशस्त्र प्रहरीका असई विसीको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको प्रहरी ले जनाएको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist