रामदी एकहाते टोल विकास संस्थाको दशौँ साधारण सभा तथा पाँचौँ अधिवेशन आज सफलतापूर्वक सम्पन्न भएको छ। कार्यक्रममा टोल विकास संस्थाले विगतमा गरेका गतिविधि, उपलब्धि र भावी योजनाबारे छलफल गरिएको थियो।

साधारण सभाले पुरानो कार्यसमितिले संस्थाको विकास र टोलको हितका लागि पुर्याएको योगदानको उच्च प्रशंसा गर्दै धन्यवाद ज्ञापन गरेको छ। साथै अधिवेशनमार्फत नयाँ कार्यसमिति चयन भई जिम्मेवारी हस्तान्तरण गरिएको छ ।

नवगठित कार्यसमितिमा अध्यक्षमा रुद्र नाथ पौडेल (सूर्य),
उपाध्यक्षमा लोक बहादुर कार्की, सचिवमा सिन्धु राज पौडेल, सह–सचिवमा डिल बहादुर गुरुङ, कोषाध्यक्षमा अप्सरा पौडेल चयन हुनुभएको छ। यसैगरी सदस्यहरूमा मित्र बन्धु पौडेल, रमेश पौडेल, मन बहादुर सुनार र सुमित्रा सुनार रहनुभएको छ।

कार्यक्रममा सहभागीहरूले नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै टोलको समग्र विकास, सामाजिक एकता र सहकार्यलाई अझ मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए।
















