Thursday, September 4, 2025

आजको मिति: २०८२ भाद्र १९ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
पोखरामा ओमोडा एण्ड जेकुको नयाँ सोरुम
नयाँबजारमा पुरुष भलिवल प्रतियोगिता सुरु
Next
Prev

सामाजिक अध्ययन अध्यापनमा सृजनात्मक सिपको आवश्यकता

Share on facebook
Share on twitter
Share on linkedin

✍️रामहरि आचार्य
स्याङ्जा । जन आदर्श माध्यमिक विद्यालय, फेदिखोला–४ का शिक्षक रामहरि आचार्यले सामाजिक अध्ययन विषयको अध्यापनलाई प्रभावकारी बनाउन विभिन्न सृजनात्मक सिपको प्रयोग गर्नुपर्नेमा जोड दिनुभएको छ।


आचार्यका अनुसार सामाजिक अध्ययन केवल तथ्य र परिभाषा कण्ठ गर्ने विषय मात्र नभई जीवन उपयोगी ज्ञान, संस्कार, संस्कृति, भाषा, धर्म, कला, राष्ट्रियता र सामाजिक चेतना प्रदान गर्ने महत्वपूर्ण विषय हो। त्यसैले यस विषयलाई रमाइलो, जीवन्त र दीर्घकालीन बनाउन गीत, कविता, कथा, मुक्तक, गजल, नाटक, छलफल, वादविवाद, परियोजना कार्य, नक्सा, चित्र अभ्यास तथा हाजिरीजवाफ जस्ता सृजनात्मक विधि अपनाउन आवश्यक रहेको उहाँको तर्क छ।


गीत र कविताबाट विद्यार्थीको भावनामा छिट्टै प्रभाव पार्न सकिने, कथाबाट सामाजिक वास्तविकता बुझाउन सकिने, गजल वा मुक्तकमार्फत सामाजिक समस्या पहिचान गर्न सकिने र नाटकबाट प्रत्यक्ष अनुभव दिलाउन सकिने भन्दै उहाँले यस्ता विधिहरू सिकाइलाई जीवन्त र प्रभावकारी बनाउन सहायक हुने बताउनुभयो।


त्यस्तै, छलफल र वादविवादले आलोचनात्मक सोच र तार्किक क्षमता विकास गर्ने, परियोजना कार्यले अनुसन्धान र नेतृत्व सीप अभिवृद्धि गर्ने, नक्सा तथा वृत्तचित्र अभ्यासले भूगोल र इतिहास बुझ्न सजिलो बनाउने र हाजिरीजवाफ तथा शब्द खेलजस्ता रमाइला गतिविधिले सिकाइलाई दीगो बनाउने उहाँको भनाइ छ।


आचार्यले विविध सृजनात्मक सीपको प्रयोगले विद्यार्थीलाई केवल ज्ञान दिने मात्र नभई व्यवहारिक जीवनमा प्रयोग गर्न सक्ने दक्षतासहित जिम्मेवार नागरिकका रूपमा विकास गर्न सहयोग पुग्ने उल्लेख गर्नुभयो।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist