✍️ कुमुद काेइराला
म थोपा थिए,
समुन्द्रको औला समाएर ,
सिक्दै थिए बग्न !
म सोच्थे,
कुनै दिन,
छालको क्रान्ती बोक्छु,
खुकुलो बालुवा निल्छु,
उस्को पैतालालाइ बोकेर,
राख्छु,
आफ्नो छातीमा,
र,
बढाउछु उस्को सतह !
मलाइ,
छाल बनेर पन्छाउनुथियो,
दुखका डुङ्गा,
जस्ले अठ्याइरहेको छ,
मेरो स्वाभिमान,
मैले आधी ओकलेर,
तर्साउनु थियो,
बाध बनाउन खोज्नेहरुको जमात !
एकदिन,
मैले ‘घाम’ देखे !
उषाको स्नेह,
मध्यान्नको उर्जा,
साँझको सौन्दर्य !
घामको,
सकरात्मक भ्रान्तीसङ्ग
समान्तर बगेको,
मेरो आत्म गरिमाको रेखाले,
कोरेको थियो,
मेरो ‘घाम’मोहको रेखाचित्र !
उप्किएर समुन्द्रको छातीबाट,
म बाफ बनेर उडे,
चेतनाको ‘मलिक्युलर’ बनोट
अलि फराकिलो पारेर,
जस्को,
कुनै फैलिने र खुम्चिने,
परिधी छैन ,
म उडे !
मलाइ पुग्नुथ्यो,
बाफ बनेर घामको आगनमा,
अनि खेल्नुथ्यो किरणहरु सङ्ग,
र भन्नुथ्यो,
समुन्द्रको नैरिश्यता,
बुझाउनुथ्यो,
उड्नुको मजा ।
एक समयपछि,
बायुमन्डलको ‘आधा’ बाटो कटिसक्दा,
अलि गर्हुङ्गो हुदै गए,
म चिसिदै गए !
मेरो यात्रा त चिसिनको लागी पो रहेछ !
म बाफ थिए,
स्विकार्ने रहेनछन,
घामका झुल्काले मेरो अस्तित्व,
मेरो अस्तित्व त केवल,
झुल्काहरु समुन्द्रमा ठोकिनपुर्व,
मेरो स्वाभिमानमा विश्राम गर्नु रहेछ ।
आज,
म न बाफ छु,
न म समुन्द्रको थोपा नै छु,
म त वायुमन्डलमा,
केवल
बादलको चौतारी बनेर,
उभिएको छु ।