Thursday, April 9, 2026

आजको मिति: २०८२ चैत्र २६ ,बिहीबार

  • खेलकुद
  • खेलकुद
  Latest
लिटिल स्टेप माविले विकासको नयाँ अध्याय सुरु
पोखरामा फेवा नव बर्ष महोत्सवको तयारी
घरदैलो अभियानलाई तीव्र पार्दै रानाभाट
Next
Prev

लिटिल स्टेपले यू–१४ सेभेन ए साइड तथा खुला टेबल टेनिस प्रतियोगिता आयोजना गर्ने

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा–८ सिमलचौरस्थित लिटिल स्टेप माध्यमिक विद्यालयले यू–१४ सेभेन ए साइड तथा खुला टेबल टेनिस प्रतियोगिता आयोजना गर्ने भएको छ । उक्त प्रतियोगिता विद्यालयले आफ्नै खेलमैदानमा यही चैत २८ र २९ गते आयोजना गर्न लागिएको बिहिबार आयोजित पत्रकार भेटघाटमा जानकारी गराइएको हो ।


विद्यालयकी शिक्षिका एवं खेलकुद शाखा सचिव लक्ष्मी गुरूङका अनुसार सेभेन ए साइडमा ३५ भन्दा बढी टिमको सहभागिता रहने छ भने टेबल टेनिसतर्फ खेलाडी दर्ता प्रक्रिया जारी रहेको छ ।सेभेन ए साइडतर्फ विजेता टिमलाई नगद ६ हजार, उपविजेतालाई ४ हजार सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।


यस्तै टेबल टेनिसतर्फ प्रथम हुने खेलाडीलाई नगद २ हजार, दोस्रोलाई १ हजार ५ सय र तेस्रोलाई १ हजार सहित मेडल तथा प्रमाणपत्र प्रदान गरिनेछ ।सो अवसरमा विद्यालयका सञ्चालक डा. कैलाश तिमिल्सिनाले विद्यार्थीमा खेल भावना, अनुशासन, नेतृत्व क्षमता, टिमवर्क र स्वस्थ प्रतिस्पर्धाको विकासका लागि प्रतियोगिता महत्वपूर्ण हुने बताउँदै विद्यालयले थप यस प्रकारका कार्यक्रमहरु भावी दिनमा समेत तय गर्ने गरी योजना बनाइएको जनाए ।


त्यस्तै संस्थापक प्रिन्सिपल पम्फा गुरूङले विद्यालयले १३ वर्षदेखि यू–१२ ह्यान्डबल प्रतियोगिता निरन्तर आयोजना गर्दै आएको उल्लेख गर्दै अब थप कार्यक्रममार्फत प्रतिभाशाली खेलाडी उत्पादन गर्ने दिशामा विद्यालय अगाडि बढेको बताइन् ।विद्यालयका संस्थापक अध्यक्ष शेर बहादुर गुरूङले ४४ वर्षको लामो इतिहासमा विद्यालयले निकै फड्को मारेको उल्लेख गर्दै शिक्षा र खेलकुदको विकासका लागि लिटिल स्टेप थप परिमार्जित हुदै नयाँ टिमका साथ अघी बढेको जानकारी दिए ।


सो अवसरमा विद्यालयका स्कुल कोर्डीनेटर बिनोद गिरी र दिल्लीजङ्ग गुरूङले समेत प्रतियोगिताको तयारी बारे जानकारी दिएका थिए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist