Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • खेलकुद
  • खेलकुद
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

खेलकुद पत्रकार मञ्च गण्डकीले खेल पत्रकारिता तालिम गर्ने

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा,नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले तीन दिने खेल पत्रकारिता तालिमको आयोजना गर्ने भएको छ । गण्डकी प्रदेशका खेल पत्रकारलाई लक्षित गरेर यहीं जेठ १७ गतेदेखि तालिम आयोजना गरिने मञ्चका महासचिव राजाराम पौडेलले जानकारी दिए । अध्यक्ष दीननाथ बरालको अध्यक्षतामा हालै पोखरामा बसेको मञ्चको बैठकले जेठ १७ गतेदेखि जेठ १९ गतेसम्म तालिम सञ्चालन गर्ने निर्णय गरेको उनले जनाए ।


प्रदेश खेलकुद परिषद गण्डकीसँगको सहकार्यमा आयोजना गर्न लागेको तालिममा आइसिसिका एम्पायर तथा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदी देवेन्द्र लगायतले सहजीकरण गर्ने महासचिव पौडेलले खुलाए ।


तालिम सञ्चालन गर्नको लागि संयोजकको जिम्मेवारी मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठलाई प्रदान गरिएको छ । श्रेष्ठले तालिमको तयारीलाई तिव्र रुपमा अगाडि बढाइएको जनाए । तालिममा ६० जनाभन्दा बढी खेल पत्रकार सहभागी बन्ने अपेक्षा गरिएको उनले बताए ।


त्यसोत नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी, गण्डकी प्रदेशका सम्पूर्ण खेलकुद पत्रकारको साझा संस्था हो । यो २०५७ सालमा खेलकुद पत्रकार मञ्च कास्कीका रुपमा स्थापना भएको थियो । देश संघीयतामा गएसँगै यसलाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी प्रदेशका रुपमा स्तोरोन्नति गर्दै स्वायत्त संस्थाको रुपमा विकास गरिएको छ । हाल ७४ जना पत्रकार मञ्चमा आवद्ध छन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist