Wednesday, February 5, 2025

आजको मिति: २०८१ माघ २३ ,बुधबार

  • समाचार
  • समाचार
  Latest
कलाकार सागर लम्साल ‘बले’ बुबा बन्दै
Next
Prev

लेखनाथ महोत्सव २०८१: स्थानीय उत्पादन, संस्कृति र विकासका लागि महत्वपूर्ण कदम

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा लेखनाथ महोत्सव २०८१ आयोजना हुने भएको छ। ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र संवृद्धि’ भन्ने मूल नाराका साथ पुस १० देखि पुस २० सम्म सञ्चालन हुने यस महोत्सवको तयारी तीव्र रूपमा भइरहेको छ।


महोत्सवका आकर्षण


यस महोत्सवमा ३३६ स्टलहरू राखिनेछन्। पोखरा विश्वविद्यालय इन्जिनियरिङ फ्याकल्टी, रोबोटिक क्लब, गण्डकी विश्वविद्यालय आविष्कार केन्द्र र विभिन्न विद्यालयहरूले शैक्षिक प्रदर्शनी गर्नेछन्। साथै, विभिन्न जातजातिका मौलिक सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिने छन्।


सामाजिक उत्तरदायित्व र महोत्सवको उद्देश्य


महोत्सवबाट हुने बचतले सामाजिक र भौतिक पूर्वाधारको विकासमा लगानी गरिने आयोजकले बताएका छन्। यसबाट प्रदर्शनी स्थल र संघको भवनको स्तरोन्नति, औद्योगिक क्षेत्र निर्माणको पहल, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थलको विकास, बराह मन्दिर संरक्षण, र चेम्बरपार्क निर्माण जस्ता गतिविधिहरूमा खर्च गरिनेछ।


आर्थिक महत्त्व


महोत्सवमा २ लाख ५० हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने र करिब ९ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने अपेक्षा गरिएको छ। आयोजकका अनुसार ९० लाख रुपैयाँ आम्दानी र ८० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसबाट १० लाख रुपैयाँ बचत हुनेछ।


व्यवस्थापन र प्रायोजन


महोत्सवलाई व्यवस्थित गर्न ९ सदस्यीय निर्देशक समिति, ४० सदस्यीय सल्लाहकार समिति, र ४८ उपसमितिहरू गठन गरिएका छन्। सह-आयोजकको भूमिकामा उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेश, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश, प्रवद्र्धकका रूपमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड रहेका छन्।


लेखनाथ महोत्सवले उत्पादक र उपभोक्तालाई एकै ठाउँमा भेला गराई आर्थिक चलायमानता प्रदान गर्ने र स्थानीय उत्पादनको प्रवद्र्धन गर्ने उद्देश्य राखेको छ। महोत्सवलाई स्थानीय चाडपर्वको रूपमा लिइएकोले यसले आर्थिक, सांस्कृतिक र सामाजिक विकासमा उल्लेखनीय योगदान गर्ने आयोजकले विश्वास व्यक्त गरेका छन्।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist