Friday, May 1, 2026

आजको मिति: २०८३ बैशाख १८ ,शुक्रबार

  • समाचार
  • समाचार
  Latest
क्षत्री समाजद्वारा विज्ञ समूह गठन
Next
Prev

सन्तोष बस्याल गण्डकी प्रदेशस्तरीय “युवा प्रतिभा सम्मान” बाट सम्मानित

Share on facebook
Share on twitter
Share on linkedin

चलचित्र पत्रकार संघ नेपाल कास्कीका अध्यक्ष सन्तोष बस्याल गण्डकी प्रदेशस्तरीय “युवा प्रतिभा सम्मान” बाट सम्मानित भएका छन्। गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयले गीत–संगीत क्षेत्रमा उनले पुर्‍याएको योगदानको कदर गर्दै बिहीबार नगद १० हजार रुपैयाँसहित उनलाई सम्मान गरेको हो।
मन्त्रालयमा आयोजित विशेष समारोहमा मन्त्री रेखा गुरुङ, सचिव शेषनारायण पौडेल तथा घनश्याम पौडेललगायतका व्यक्तित्वले बस्यालसहित १४ जना युवालाई विभिन्न विधामा सम्मान गरेका थिए।
पर्वत जिल्लाको पैयुँ–२ का स्थायी बासिन्दा बस्यालले पोखरालाई आफ्नो कर्मथलो बनाउँदै लामो समयदेखि पत्रकारिता र कलाकारिता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आएका छन्। उनको गायन तथा संगीत क्षेत्रमा करिब एक दर्जन गीत सार्वजनिक भइसकेका छन्।
सम्मान प्राप्तिपछि बस्यालले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया दिँदै विगत १५ वर्षदेखि निरन्तर संगीत क्षेत्रमा गरेको यात्रालाई मन्त्रालयबाट सम्मानित हुन पाउनु आफ्नो लागि गर्वको क्षण भएको बताएका छन्।
प्रतिभा छनोटका लागि मापदण्डसहित समिति गठन गरिएको थियो। अध्ययन–अनुसन्धान विधाबाट सबैभन्दा बढी ७२ अंक प्राप्त गर्दै डा. राजकुमार थापा सम्मानित भए। त्यसैगरी स्वास्थ्य क्षेत्रबाट गोरखाका डा. शिशिर देवकोटा र शिक्षा क्षेत्रबाट नवलपुरका अग्निधर भुसाल सम्मानित भए, जसले जनही १८ हजार रुपैयाँ प्राप्त गरेका छन्।
यसैगरी अन्य विधाअनुसार नवलपुर कावासोतीका पवन भूर्तेल (युवा सशक्तीकरण तथा नेतृत्व विकास), पोखराकी ज्योति गुरुङ र हेमकान्ती गुरुङ (कला/चित्रकारिता), स्याङ्जाको चापाकोटकी रेखमाया गुरुङ (खेलकुद), पोखरा–१३ का महेश गौतम (सूचना प्रविधि तथा उद्यमशीलता), पोखरा–२९ का अर्जुन भण्डारी (उद्यमशीलता तथा पर्यटन प्रवर्द्धन), पोखराकी कविता श्रेष्ठ (सञ्चार), सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की (उद्यमशीलता तथा रोजगारी) र पोखरा–११ का अंशु शेर्पा (समाजसेवा) सम्मानित भएका छन्।
समग्रमा, गण्डकी प्रदेशले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका युवाहरूलाई सम्मान गर्दै उनीहरूको प्रेरणादायी कार्यको कदर गरेको जनाएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist