Tuesday, November 3, 2026

आजको मिति: २०८३ कार्तिक १८ ,मंगलवार

  Latest
मत दिन पाइनँ, तर विश्वास अडिग छ’ :
युवा नेता नेपाली निर्विरोध
Next
Prev

एनआरएनए टर्कीको नयाँ कार्यसमिति सर्वसम्मत चयन, अध्यक्षमा डा. बिनोद पौडेल

Share on facebook
Share on twitter
Share on linkedin

टर्की, नोभेम्बर २। गैरआवासीय नेपाली संघ (एनआरएनए) टर्कीको वार्षिक अधिवेशनले डा. बिनोद पौडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ।



नोभेम्बर १ तारिख हिमालय रेस्टुरेन्टमा आयोजित अधिवेशन पूर्व अध्यक्ष उज्ज्वल कुमार घिसिङको प्रमुख आतिथ्य तथा डा. पौडेलको सभापतित्वमा सम्पन्न भएको हो। कार्यक्रममा टर्कीका विभिन्न स्थानमा रहेका नेपालीहरूको प्रत्यक्ष तथा अनलाइन सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन श्याम पाण्डेले गरेका थिए।



अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा श्यामकला राई, उपाध्यक्षमा मन्दिर खत्री र डोरबहादुर खड्का, सचिवमा श्याम पाण्डे, सहसचिवमा अनिश गिरी, कोषाध्यक्षमा भीमकान्त अर्याल तथा सहकोषाध्यक्षमा सुनील चौधरी चयन भएका छन्। त्यसैगरी सदस्यमा श्याम सापकोटा र अनिता राई चयन भएका छन्।



लेखा समितिमा रमेश तिमल्सिना, होमकुमार पाण्डे, राममाया पौडेल, विश्वास लिम्बू, हमिदुल हुसेन र धनकाजी मोक्तान चयन भएका छन्। अजय क्षेत्रीलाई मिडिया संयोजकको जिम्मेवारी दिइएको छ।
अधिवेशनमा संस्थाको नियमित बैठक तथा व्यवस्थापन, मासिक लेबी संकलन र आर्थिक पारदर्शिता, नेपाली श्रमिकका वर्क परमिट तथा श्रमसम्बन्धी समस्या, विद्यार्थीका समस्या र सहयोग, अवैध बाटो हुँदै ग्रीस तथा अन्य देश जाने क्रममा हुने जोखिम र मानव तस्करीविरुद्ध सचेतना अभिवृद्धिका विषयमा छलफल भएको थियो। त्यसैगरी नेपाली समुदायको हकहित संरक्षण, दूतावाससँग समन्वय तथा आगामी कार्ययोजनाका विषयमा पनि छलफल गरिएको थियो।



नवनिर्वाचित अध्यक्ष डा. पौडेलले टर्कीमा बसोबास गर्ने सम्पूर्ण नेपालीको दुःख–सुखको सारथि बनेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले आपसी भाइचारा, एकता र सहकार्यलाई प्राथमिकता दिँदै आवश्यक परेको समयमा सबै नेपालीलाई सहयोग गरेर संस्थालाई अगाडि बढाउने बताए।



कार्यक्रममा प्रमुख अतिथि पूर्व अध्यक्ष उज्ज्वल कुमार घिसिङले संस्थाको स्थापना र विकासमा भएका प्रयास तथा अनुभव साझा गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिएका थिए।



अधिवेशन सफल बनाउन सहयोग गर्ने स्तामबुलमा रहेको हिमालय रेस्टुरेन्टका सञ्चालक राजन योञ्जन, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा प्रत्यक्ष र अनलाइन माध्यमबाट सहभागी सबैप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।



Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist