पोखरा, असोज १० । नेपाली कांग्रेस पोखरा महानगरपालिका–१४ का पूर्व सभापति तथा सामाजिक व्यक्तित्वले नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत कास्की क्षेत्र नं. १, प्रदेशसभा ‘ख’बाट प्रदेश अधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन्।

विगतमा नेपाली कांग्रेसका विभिन्न तह, भ्रातृ तथा शुभेच्छुक संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै पोखरा–१४ को सभापतिको जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरेका उनले संगठनलाई थप सुदृढ, एकताबद्ध र गतिशील बनाउन उम्मेदवारी दिएको बताएका छन्।
उम्मेदवारले प्रदेशसभा ‘ख’का सम्पूर्ण कांग्रेसजनको साथ, सहयोग र विश्वास प्राप्त गर्दै सबैलाई समेटेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले इमानदार, निष्ठावान तथा सक्रिय कांग्रेसजनको सम्मान, संगठनको एकता र पार्टी सुदृढीकरणलाई आफ्नो प्राथमिकता रहने उल्लेख गरेका छन्।

उम्मेदवारी घोषणासँगै उनले महाधिवेशन प्रतिनिधिहरूसँग अमूल्य मत तथा विश्वासका लागि हार्दिक अपिल गर्दै पार्टीको संगठनात्मक मजबुतीका लागि निरन्तर क्रियाशील रहने बताए ।

