Saturday, June 6, 2026

आजको मिति: २०८३ जेष्ठ २३ ,शनिबार

  Latest
क्षत्री समाजद्वारा विज्ञ समूह गठन
Next
Prev

पोखरामा ‘ओमोडा इ५ प्रो’ शुक्रबार सार्वजनिक हुने

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा । गण्डकी प्रदेशका लागि ओमोडा–जेको तथा आइकार सवारी साधनहरूको आधिकारिक विक्रेता इलाइट मोटर्स प्रालिले नयाँ विद्युतीय गाडी ‘ओमोडा इ५ प्रो’ शुक्रबार पोखरामा सार्वजनिक गर्ने भएको छ। पोखरा इभेन्ट सेन्टरमा विशेष कार्यक्रमका बीच गाडीको औपचारिक अनावरण गरिने इलाइट मोटर्सका प्रबन्ध निर्देशक शिव बरालले जानकारी दिए।



नयाँ मोडल सार्वजनिक गर्ने अवसरमा कम्पनीले विशेष ‘सेलिब्रेसन इभेन्ट’ समेत आयोजना गर्ने भएको छ। कार्यक्रममा यसअघि पोखरामा बिक्री भएका ओमोडा, जेको र आइकारका ग्राहकहरूलाई सहभागी गराइनेछ। सहभागी ग्राहकहरूले आफ्नो सवारी साधनको ब्याट्री वारेन्टी विस्तार गर्ने सुविधा पाउनेछन्।



कम्पनीका अनुसार हालसम्म बिक्री भएका ओमोडा, जेको र आइकारका सवारी साधनको ब्याट्री वारेन्टी ११ वर्षसम्म विस्तार गरिनेछ। यसबाट ग्राहकहरू लाभान्वित हुने र ब्रान्डप्रतिको विश्वास अझ मजबुत बन्ने विश्वास कम्पनीले व्यक्त गरेको छ।



“पोखरा तथा गण्डकी प्रदेशमा ओमोडा–जेको परिवारले हासिल गरेको उल्लेखनीय सफलताको उत्सव मनाउन पाउँदा हामी गौरवान्वित छौं,” बरालले भने। उनका अनुसार पोखरा बजारमा प्रवेश गरेयता ब्रान्डले सयौं ग्राहकको विश्वास जित्न सफल भएको छ। हाल पोखराका सडकमा ३५० भन्दा बढी ओमोडा इ५, १०० भन्दा बढी जेको जे६ तथा ६० भन्दा बढी आइकार सवारी साधन सञ्चालनमा रहेका छन्।



यस उपलब्धिको सम्मान गर्दै तथा ग्राहकप्रति आभार व्यक्त गर्न ओमोडा–जेको नेपालले विशेष ग्राहक सम्मान कार्यक्रमअन्तर्गत पोखराका विद्यमान ओमोडा इ५ ग्राहकलाई ११ वर्षसम्मको विस्तारित ब्याट्री वारेन्टी प्रदान गर्ने घोषणा गरेको छ। कम्पनीका अनुसार यो पहलले ब्रान्डको गुणस्तर, प्रविधि र ग्राहक सन्तुष्टिप्रतिको प्रतिबद्धतालाई थप स्पष्ट पार्नेछ।



कम्पनीले पोखराका सम्पूर्ण ओमोडा तथा जेको ग्राहकलाई जेठ २२ गते (५ जुन २०२६) शुक्रबार पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने कार्यक्रममा सहभागी हुन आग्रह गरेको छ। कार्यक्रममा सहभागीहरूले ओमोडा–जेको परिवारसँग पुनः भेटघाट गर्नुका साथै नयाँ ‘ओमोडा इ५ प्रो’को प्रत्यक्ष अनावरण अवलोकन गर्ने अवसर प्राप्त गर्नेछन्।



ग्राहकहरूको निरन्तर विश्वास, समर्थन र मायालाई आफ्नो सफलताको प्रमुख आधार मान्दै कम्पनीले आगामी दिनमा पनि उत्कृष्ट उत्पादन तथा सेवामार्फत ग्राहकसँगको सम्बन्ध अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist