ब्र्याम्पटन, क्यानडा – मगर एसोसिएसन अफ क्यानडा र लंघाली स्पोर्ट्स क्लबको आयोजनामा ७औं लखन थापा मगर स्मृति भलिबल कप यही आगस्त २, २०२५ मा आयोजना हुँदैछ।
यो अन्तरराज्यीय उत्तर अमेरिकी प्रतियोगिता ब्र्याम्पटनको 292 Conestoga Dr, ON L6Z 3M1 मा बिहान ८:०० बजेबाट सुरु हुने कार्यक्रममा टिम दर्ता $750 हुनेछ भने बिजेता ले $5000उपबिजेताले $2500पाउनेछन साथै विभिन्न विधागत पुरस्कारहरु पनि राखिएको छ ।
•उत्कृष्ट खेलाडी •उत्कृष्ट स्पाइकर •उत्कृष्ट डिफेन्डर •उत्कृष्ट ब्लोकर •उत्कृष्ट सेटर
देश छोडि प्रदेशमा आएका साथिभाई संग एकआपसमा भाइचरा को सम्बन्ध बडाउन पनि कार्यक्रम गर्न लागेको क्लवका अध्यक्ष चन्दा पुन ले बताउनुभयो
दर्शकलाई मध्यनजर गर्दै खेल प्रतियोगिता अवधिभर सास्कृतिक कार्यक्रम पनि राखिएको छ । यस भव्य प्रतियोगितामा उत्तर अमेरिकाका विभिन्न स्थानबाट टिमहरूको सहभागिता अपेक्षित गरिएको कार्यक्रम समयोजक अमित आले ले बताउनुभयो ।