“आज अरूका लागि, भोलि आफ्नै लागि” भन्ने नाराका साथ आयोजना गरिएको यस रक्तदान कार्यक्रम बिश्वास भण्डारीको कार्यक्रम सञ्चालनमा दारी ग्याङ्गका वर्तमान संयोजक उज्ज्वल भुजेलको अध्यक्षतामा भएको थियो।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा शेखर गौतम र दारी ग्याङ्गका पूर्व संयोजक अभिमन्यु पाण्डे उपस्थित रहनुभएको थियो।

कार्यक्रमको सुरुवातमा वीरेन्द्र पराजुलीले स्वागत मन्तव्य दिनुभएको थियो। प्रादेशिक रेडक्रस रामघाट शाखाका इन्चार्ज महेन्द्र केसीले स्थापक संयोजक शेखर गौतमलाई ब्लड ब्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको औपचारिक सुरुवात गरिएको थियो।

भने तीर्थराज अवस्थीले ८५ औं पटक र वीरेन्द्र पराजुलीले ५५ औं पटक रक्तदान गरी कार्यक्रममा सहयोग पुर्याउनुभएको थियो।कार्यक्रममा प्रहरी जवान, वी पोखरा टिम, लायन्स क्लब अफ पोखरा मर्दी हिमालका प्रतिनिधि, हार्ट फर अर्थ फाउन्डेसनका अध्यक्ष, लायन्स क्लब अफ पोखरा ब्युटिफुल सिटीकी सचिव, डब्ल्यूआरआर ग्रुपका प्रतिनिधि लगायत विभिन्न सामाजिक सेवी संस्था तथा व्यक्तिहरूको सशक्त उपस्थिति रहेको थियो।

कार्यक्रममा उपस्थित सबै संस्थाका प्रतिनिधिहरूले आ-आफ्नो शुभकामना मन्तव्य समेत राख्नुभएको थियो।कार्यक्रम अवधिभर रक्तदाताहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रम मार्फत कुल १२३ युनिट रगत संकलन भएको थियो।

