“स्वास्थ्य नै ठुलो धन हो” भन्ने भनाइ मुताबिक यस कोन सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिले आफ्ना सदस्यहरुलाई स्वास्थ्य परिक्षण तथा उपचारमा सहुलियत प्रदान गर्ने उद्देश्यले पोखरा मणिपाल शिक्षण अस्पताल संग सम्झौता गरेको छ ।
सम्झौता बमोजिम अस्पतालबाट दर्तामा १०० प्रतिशत, सामान्य बेडमा २५ प्रतिशत, नियमित जाँच(CBC, ESR, Urine R/E, FBS, LFT, ECG, FLP, X-ray, Uric Acid, Thyroid Function Test, Blood Grouping, USG Abdomen and Pelvis) मा १५ प्रतिशत, न्युरोसर्जरी तथा अति विशिष्ट सेवा बाहेक अन्य शल्यचिकित्सा अपरेसनमा १० प्रतिशत र विशेष अनुसन्धान (Plain CT/Plain MRI) मा १० प्रतिशत छुट हुनेछ । साथै डाक्टरको परामर्शमा कुनै पनि शुल्क लाग्नेछैन ।
यो सुविधा प्राप्त गर्नको लागि सदस्यहरुले संस्थाको आधिकारिक परिचयपत्र लिएर जानु पर्ने भएकोले परिचयपत्र नलिएका सदस्यहरुले एक प्रति पासपोर्ट साइज फोटो लिई संस्थामा सम्पर्क राख्नहुन अनुरोध गरेकाे छ।
पुरानो परिचयपत्र हुने सदस्यहरुले सो परिचयपत्रबाट नै सो सुविधा प्राप्त गर्न सक्ने छन् ।