Monday, July 22, 2024

आजको मिति: २०८१ श्रावण ७ ,सोमबार

  • समाचार
  • समाचार
  Latest
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

गण्डकीको ३२अर्ब ९६ करोड ८५ लाख को बजेट

Share on facebook
Share on twitter
Share on linkedin

गण्डकी प्रदेश सरकारले आर्थिक बर्ष २०८१/०८२ काे लागि ३२ अर्ब ९६ कराेड ८५ लाख बजेट ल्याएकाे छ । आर्थिक मामिला मन्त्री टकराज गुरूङले चालुतर्फ १३ अर्ब १६ कराेड अर्थात ३९ प्रतिशत र पुँजीगततर्फ ६० प्रतिशत अर्थात १९ अर्ब ५१ कराेड कराेड बजेट विनियोजन गरेको शनिबार प्रदेशसभामा जानकारी गराए ।


बजेटको यो आकार चालु आर्थिक वर्षकाे भन्दा ८५ कराेडले कम बजेट ल्याए । आर्थिक वर्ष २०८०/०८१ को बजेट ३३ अर्ब ८२ कराेड थियाे ।


गण्डकी प्रदेशले पर्यटन, कृषि, खानेपानीमा जाेड दिए पनि पूर्वाधारमै ठूलाे बजेट छुट्याएकाे छ । व्यावसायिक कृषि र यसकाे रूपान्तरण गर्दै उत्पादन र राेजगारमा जाेड दिएका छन् । कृषि कर्जामा जाेड दिँदै गाँजा खेतीकाे कानुनी बाटाे खाेल्ने गुरूङले बताए ।


१२ अर्ब ७० कराेड रूपैयाँ भाैतिक पूर्वाधार क्षेत्रमा बिनियाेजन भएकाे छ ।


गण्डकीमा खाद्यान्य उत्पादन वृद्धि गर्न १२ कराेड रूपैयाँ छुट्याएकाे गुरूङले बताए । मन्त्री गुरूङले कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि २ अर्ब ९ कराेड रूपैयाँ विनियाेजन गरेकाे सुनाए ।


पाेखरालाई पर्यटकीय राजधानीकाे रूपमा केन्द्रमा राखेर ग्रामीण पर्यटन, हाेमस्टेकाे विकास र ११ वटै जिल्लामा विशेष कार्यक्रम गर्ने उनले बताए । सामाजिक क्षेत्रका लागि २ अर्ब ९ कराेड रूपैयाँ विनियाेजन भएकाे छ ।


आगामी वर्ष गण्डकी प्रदेश सभाकाे भवन पनि निर्माण सुरु हुने भएको छ । त्यसका लागि ९ कराेड रूपैयाँ विनियाेजन भएकाे छ ।


आगामी वर्ष उज्यालाे प्रदेश घाेषणा गर्ने अर्थमन्त्री गुरूङले बताए । कम्तीमा ७० प्रतिशत घरमा खानपानी धारा जडान गर्न ८ कराेड रूपैयाँ छुट्याइएकाे छ । ४ अर्ब रूपैयाँ ऊर्जाकाे क्षेत्रमा छुट्याएकाे अर्थमन्त्री गुरूङले सुनाए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist