प्रदेश सभाको दोस्रो चुनावपछि गण्डकी प्रदेशमा दुई पटक सरकार परिवर्तन भइसकेको अवस्थामा प्रदेश सभाका निर्वाचित जनप्रतिनिधिले एक वर्षे कार्यकाल पूरा गर्न अझैं केही महिना बाँकी छ ।
तरपनि गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकारी सवारी र चालक फिर्ता गरेका छैनन्। मुख्यमन्त्री हुँदा प्रयोग गर्दै आएको (ग १ झ ६०१) सवारी र चालक ५ महिना बितिसक्दा पनि फिर्ता नगरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय गण्डकीले जनाएको छ।
पूर्वमुख्यमन्त्री पोखरेलले ५ महिना बितिसक्दा पनि सवारी र चालक फिर्ता गरेको मुख्यमन्त्री कार्यालयका स्टोर प्रमुख तोयनाथ आचार्यले बताए।
पूर्वमुख्यमन्त्री पोखरेल गएको पुस २५ गते पदमुक्त भएका थिए ।