Thursday, December 12, 2024

आजको मिति: २०८१ मंसिर २७ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
नेपाल प्रेस युनियनद्वारा १३ सदस्यलाई निष्कासन
पोखरामा ११ औं विश्व माटो दिवस मनाइयो
सम्झनामा मात्र डिल बहादुर गुरुङ !
Next
Prev

गण्डकी प्रदेशकी ममतामयी कमला पराजुलीलाई “ICON of GANDAKI” सम्मान

Share on facebook
Share on twitter
Share on linkedin

✍️ विवेक न्याैपाने
पोखरा-गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई निस्वार्थ सेवाभावका साथ अनाथ तथा असहाय बालबालिकाको हेरचाह गर्दै आएकी कमला पराजुलीलाई “ICON of GANDAKI” सम्मान प्रदान गरिएको छ। नेपाल युवा परिषदद्वारा आयोजित “प्रदेश युवा सम्मेलन २०२४” मा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उद्घाटन समारोहको प्रमुख अतिथिका रुपमा यो सम्मान प्रदान गर्नुभएको हो।


कमला पराजुलीले अमोर सेवा नेपाल बालगृह सञ्चालन गरी ३८ देखि ४० जना बालबालिकालाई मातृत्व प्रदान गर्दै सहयोग र संरक्षण गरिरहनुभएको छ। उहाँको योगदानलाई उच्च मूल्याङ्कन गर्दै नेपाल युवा परिषदले यो विशेष सम्मान प्रदान गरेको हो।


समापन समारोहका प्रमुख अतिथि गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री बिन्दुकुमार थापाले कमला पराजुलीलाई आगामी दिनमा प्रदेशलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने प्रेरणादायी व्यक्तिका रूपमा व्याख्या गर्नुभयो। कार्यक्रममा परिषदका संस्थापक अध्यक्ष सरोज बानियाँले युवाहरूलाई सकारात्मक सोच र सामाजिक सेवामा लाग्न प्रेरित गर्दै कमलाजस्तै उदाहरणीय व्यक्तिहरूबाट पाठ सिक्न आग्रह गर्नुभयो।


समारोहमा युवाहरूको बाक्लो सहभागिता रहेको थियो भने कमला पराजुलीको योगदानलाई सम्मान गर्ने यो अवसरले युवाहरूमा सामाजिक सेवाप्रति आकर्षण बढाउने विश्वास व्यक्त गरिएको छ।


गण्डकी प्रदेशको विकास, सामाजिक परिवर्तन, र बाल अधिकारका क्षेत्रमा अनवरत योगदान गर्दै आइरहनुभएकी कमला पराजुलीप्रति धेरैले प्रशंसा व्यक्त गरेका छन्। सम्मान समारोहले युवाहरूमा प्रेरणा र सकारात्मक सोच विकास गर्ने विश्वास गरिएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist