✍️ अजय क्षेत्री
शिखर पुरुष स्व. गिरीजा प्रसाद कोइराला स्मृती राष्ट्रिय पुरुष हक्की प्रतियोगीता को पाँचौ संस्करणको सम्पूर्ण तयारी पुरा भएको छ ।
यहि आषाढ १० गते देखी १२ गते सम्म पोखरा रंगशाला स्थित कवर्ड हलमा संचालन हुने सो प्रतियोगीतामा सात प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लव एवं नेपाल प्रहरी को टिम समेत गरि ९ टिमको सहभागीता रहने आयोजक नेपाल हक्की संघका केन्द्रिय उपाध्यक्ष हिमाल खड्काले जानकारी दिनु भयो।
यस अघिका ४ वटा संस्करण कोशि प्रदेशमा ११ए (A) साईड सम्पन्न गरीएको भएपनि पाचौ संस्करण ७ ए (A) साईड इन्डोर खेलाइने छ ।प्रतियोगिताको विजेताले ५० हजार, उप विजेताले ३० हजार र सह विजेताले १५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।
उत्कृष्ट व्यक्तिगत विधा तर्फ उत्कृष्ट गोल रक्षक , उत्कृष्ट खेलाडी , धेरै गोलकर्ता लगायत ७ विधामा नगद द्वारा सम्मान गरीने छ ।
राष्ट्रिय खेलकुद परिषदको सहयोगमा नेपाल हक्की संघ द्वारा आयोजित सो प्रतियोगितामा प्रदेश खेलकुद परिषद गण्डकीको समेत सहयोग रहने उपाध्यक्ष खडका ले बताए ।