तल्लो बिरौटा टोल बिकास संस्थाको चौथो वार्षिक साधारण तथा बहुउद्देश्यीय सामुदायिक भवन शिलन्यास कार्यक्रम संस्थाका अध्यक्ष श्री फर्म बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा पोखरा म.न.पा. वडा नं. १७ का वडा अध्यक्ष श्री राधिका कुमारी शाहीज्यूको प्रमुख आतिथ्यता, त्यसैगरी पोखरा म.न.पा. वडा नं. १७ का सम्पूर्ण जनप्रतिनिधि वडा सदस्य श्री शिवराम भण्डारी, श्री विक्रम गुरुङ, श्री बिष्णु देवी थापा र श्री तारा परियार एवं हरिहर मन्दिर व्यवस्थापन सितालपाइलाका अध्यक्ष, धार्मिक एवं सामाजिक व्यक्तित्व श्री नरेन्द्र शर्मा भण्डारीज्यू र पोखरा म.न.पा. वडा नं. १७ का वडा सचिव श्री मन्जु ढुङ्गानाज्यू समेतको विशेष आतिथ्यतामा, बिरुवा मार्ग टोल विकास संस्थाका अध्यक्ष श्री शालिकराम भण्डारीज्यू, घारीकुलो टोल विकास संस्थाका अध्यक्ष श्री गोविन्द गिरीज्यू, सनराईज टोलविकास संस्थाका अध्यक्ष श्री प्रणानाथ पौडेलज्यू, समाजसेवी व्यक्तित्व श्री कृष्ण पौडेलज्यू, तल्लो बिरौटा आमा समूहका अध्यक्ष श्री रन्नतादेवी न्यौपानेज्यू, मेलमिलाप दिदिबिहिनी आमा समूहका अध्यक्ष श्री कोपिला क्षेत्रीज्यू र संगमटोल आमासमूहका अध्यक्ष श्री गंगा पौडेलज्यूसमेतको आतिथ्यता रहेको कार्यक्रममा संस्था निर्वतमान अध्यक्ष श्री ज्ञानबहादुर क्षेत्रीले स्वागत मन्तव्य दिनु भएको थियो ।

भने प्रमुख अतिथि एवं विशेष अतिथिज्यूहरुले छोटो समयमा तल्लो बिरौटा टोलबिकास संस्थाले वडास्तरमै नमूना बाटो र अन्य भौतिक पूर्वाधार निर्माणमा गरेको प्रगतिमा सम्पूर्ण टोलबासीको ऐक्यवद्धताको र संस्थाले आफ्नै लगानीमा जग्गा खरिद गरी सम्पूर्ण टोलवासीहरुको लागि वहुउद्देश्यीय भवन निर्माण गर्न लागेकोमा खुलेर प्रसंशा गर्दै संस्थाले गर्ने विकास निर्माणका काममा वडा कार्यालय सधैं सहयोगी रहने प्रतिवद्धता समेत जाहेर गर्नु भएको थियो ।

छिमेकीटोल विकास संस्थाहरुले पनि तल्लो बिरौटा टोल विकास संस्थाले निर्माण गर्न लागेको बहुउद्देश्यीय भवन सम्पूर्ण टोलवासीले उपयोग गर्न सकिने गरी निर्माण गर्नु पर्ने र सो लागि सहयोग गर्न तत्पर रहेको प्रतिवद्धता व्यक्त गर्नु भयो भने संस्थाका अध्यक्षले यसैगरी सम्पूर्णको सद्धभाव र सहयोगको अपेक्षा गर्दै यसै आर्थिक वर्ष भित्र तिथि मिति नतोकि भवन निर्माण सम्पन्न गरी आजके प्रमुख अतिथिज्यूलाई भवन उद्घाटनको निम्तो समेत दिई यथासमय निर्माण सम्पन्न गर्न टोलविकास समिति प्रतिवद्ध रहेको जानकारी गराउनु भएको थियो ।

संस्थाका सदस्य श्री भुवनप्रसाद दाहालज्यू समेतले शुभकामना मन्तव्य दिनु भएको थियो भने संस्थाको आम्दानी वृद्धि गर्ने भरपर्दो श्रोतहरुको पहिचान गरी संस्थाको आफ्नै भवन निर्माण कार्य थालनी गर्ने संस्थाको मूख्य लक्ष्य रहेकोमा वृहत रुपमा आर्थिक संकलन श्रोतको पहिचान गरी सहयोग जुटाई संस्थाको कोष वृद्धि गरी यथासमयमा निर्माण सम्पन्न गर्ने भनि संस्थाका कोषाध्यक्ष श्री तुलसी थापाले मन्तव्य दिनु भएको, टोलवासीको प्रमुख समस्याको रुपमा रहेको मोटर बाटोलाई पोखरा म.न.पा. वडा नं. १७ को भित्रीबाटो मध्य नमूना बनाउन सफल भएको र संस्थाको आफ्नै भवन नहुँदाको समस्यालाई मनन गरी संस्था आफैले जग्गा व्यवस्थापन गर्न सफल भई पहिलो खुड्किलो पार गरिसकेको उक्त जग्गामा समय सापेक्ष र टोलबासी, छिमेकीटोल तथा समग्र तल्लो बिरौटाबासीहरु समेतको आवश्यकता पूर्ति गर्न सक्ने सुविधा सम्पन्न वहुउद्देश्यीय सामुदायिक भवन निर्माण तर्फ समेत संस्थाको मुख्य भावी कार्ययोजना रहेकोले भवन निर्माण र टोल अन्तर्गत रहेको मुख्य मोटर बाटोलाई यथाशिघ्र पिच गर्ने तर्फ संस्थाको सम्पूर्ण शक्ति केन्द्रित गरी निर्माण तर्फ लाग्नु पर्नेमा कुरामा संस्थाका सचिवले विशेष जोड दिनु भएको थियो ।
उक्त कार्यक्रम तल्लो बिरौटा टोल बिकास संस्थाका संस्थाका सचिव श्री चेतनाथ चालिसेज्यूले संचालन गर्नु भएको थियो ।

