काठमाडौं — नयाँ वर्ष २०८२ सालमा विवाहको लागि कुल ३९ दिन शुभ साइत परेको छ। सूर्य पञ्चाङ्गका अनुसार बैशाखदेखि फागुनसम्म विभिन्न महिनामा विवाहको उत्तम तिथि पाइएको छ। विशेष गरी बैशाख महिनामा १२ दिन, जेष्ठमा ८ दिन, मंसिरमा ७ दिन, माघमा ३ दिन र फागुनमा ९ दिन साइत जुरेको छ।
नयाँ वर्षको पहिलो महिनामै विवाहका लागि सबैभन्दा धेरै साइत परेको छ। बैशाख १, ३, ५, ७, ८, १६, १७, २२, २३, २८, ३०, ३१ गते विवाहका लागि शुभ मुहूर्त रहेको छ। त्यसैगरी, जेष्ठमा १, २, ३, १४, १८, १९, २४, २५ गते साइत परेको छ।
विवाहको मुख्य सिजन मानिने मंसिर महिनामा ६, ८, १३, १४, १८, १९, २० गते शुभ तिथिहरू रहेका छन्। माघ महिनामा २१, २२, २७ गते विवाहको राम्रो साइत छ। यस्तै, फागुन महिनामा ८, १२, १३, १४, २५, ২৬, २७, २८ र ३० गते विवाहका लागि शुभ साइत जुरेको छ।
विवाह जस्तो महत्वपूर्ण कार्य शुभ मुहूर्तमा सम्पन्न गर्नुपर्ने परम्परा अनुसार, ज्योतिष शास्त्रमा विवाहको साइत निकालीन्छ। सूर्य पञ्चाङ्गका अनुसार तोकिएको यी तिथिहरू नवदम्पतीका लागि सौभाग्यशाली हुने विश्वास गरिन्छ।
विवाहको योजना बनाउनेहरूका लागि २०८२ साल शुभ
नयाँ वर्षमा विवाह गर्ने योजना बनाइरहेकाहरूका लागि यो वर्ष विशेष रूपमा अनुकूल देखिएको छ। धेरै शुभ साइत परेकाले समय मिलाएर विवाह गर्न चाहने जोडीहरूका लागि यो अवसर राम्रो रहेको ज्योतिषहरू बताउँछन्। विवाहका लागि साइत मात्र नभई व्यक्तिगत ग्रहदशा पनि विचार गर्नुपर्ने भएकाले विद्वान पण्डित तथा ज्योतिषसँग परामर्श गर्न सुझाव दिइन्छ।