पोखरा महानगरपालिका वडा नं. १३ मा नि:शुल्क एम्बुलेन्स सेवा शुरु गरीएको छ । वडाध्यक्ष किरण बरालले वडामा अस्पतालसम्म पुग्न एम्बुलेन्सलाई तिर्ने भाडा नभएर कसैले अकालमै ज्यान गुमायन नपरोस् भनेर एम्वुलेन्स सेवा सुरु गरेको बताए।
महानगरभित्र बसेर पनि महानगरबासीको भएको महशुस गर्न नपाएका वडा वासीलाई स्वास्थ्य क्षेत्रमा ठुलो सहयोग पुग्ने बरालले बताए ।
“महानगरको प्रत्याभुति दिलाउन नसकेकोमा हामी क्षमाप्रार्थी छौ तर विश्वास पनि दिलाउन चाहान्छु कि, मैले मेरो कार्यकालभित्र पोखरा १३ लाई महानगरबाट प्रवाह हुने सबै सेवा र सुविधा ल्याइ पुर्याउन दिनरात प्रयास र पैरवी गर्नेछु । आज सानो खुसीको खवर तपाईंहरुलाईः पोखरा १३ ले आजैका दिनदेखि निशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्न लागेको खवर सुनाउन पाउँदा खुसी लागेको छ । अबदेखि पोखराका जुनसुकै अस्पतालमा उपचारका लागि विरामी लैजानुपर्दा तपाईंले एम्बुलेन्समा लाग्ने पैसा तिर्नुपर्दैन ।”उनले समानान्तर मिडियालाई दिए ।