Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

पोखरामा मातृभाषी चलचित्रको महत्व, चुनौती र सम्भावनाबारे बहस

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा,पोखरामा मातृभाषी चलचित्रको महत्व, चुनौती र सम्भावनाबारे बहस भएको छ । चलचित्र पत्रकार संघ नेपालको स्थापना दिवसका अवसरमा चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको विशेष संवाद कार्यक्रममा वक्ताहरु गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठ, गुरुङ चलचित्र निर्देशक कृष्ण कुमार गुरुङ, मगर चलचित्र निर्देशक मेजन पुन मगर र गुरुङ चलचित्र निर्देशक जसमाया गुरुङ(जशु) थिए । उनीहरुलाई चलचित्र पत्रकार संघ कास्कीका सह—सचिव शंकर तिवारीले सहजीकरण गरे ।


कार्यक्रममा बोल्दै निर्देशक कृष्ण कुमार गुरुङले २०५२ सालबाट गुरुङ चलचित्र निर्माण को थालनी भएको जानकारी गराए । हालसम्म १ सय ६० चलचित्र निर्माण भएको भनाई उनको छ । उनले २०७४ सम्मको अवधि गुरुङ चलचित्रका लागि समस्या जनक रहेको उल्लेख गरे । २०७५ पछि केही समय सन्तोष जनक अवस्था रहेता पनि कोभिड पछि भने भाषाभाषीका चलचित्र निर्माणमा फितलोपन आएको उनले बताए ।


गुरुङले नेपालको रैथाने कथालाई प्रस्तुत गर्दा पनि समुदाय भन्दा माथि भाषाभाषीका चलचित्र नउठ्नुमा राज्य प्रणालीको कमजोर नीति भएको बताए । जबसम्म मातृभाषामा बन्ने चलचित्रका लागि राज्य उदार भएर लाग्दैन तब सम्म भाषाभाषीका चलचित्रहरु च्यारिटी बेसमा नै सिमित रहने भनाई उनको छ ।“हामीले त गाउँगाउँका कथालाई प्रस्तुत गर्न खोजेका छौं । लगानी पनि थुप्रो भएको छ । तर कमजोर नीतिले हामीलाई थिचेको छ । जबसम्म राज्य उदार भएर लाग्दैन तबसम्म भाषाभाषीका चलचित्रहरु आम जनमानससम्म पुग्दैन ।’, उनले भने ।
राष्ट्र र राष्ट्रियतालाई जोगाउन मातृभाषाका चलचित्रहरुको भूमिका महत्वपूर्ण रहेको भनाई उनको छ ।


मगर चलचित्रका निर्देशक एवम् लेखक मेजन पुन मगरले मातृभाषामा मगर चलचित्र सबैभन्दा पहिला निर्माण भएको बताए । २०५१ सालबाट मगर भाषामा चलचित्र निर्माण भएको र त्यसको निरन्तरता आजसम्म कायम रहेको भनाई उनको छ । गुरुङ चलचित्र भन्दा पहिला नै मगर चलचित्र बनेता पनि हालसम्म ५५ वटा मात्र मगर भाषामा चलचित्र निर्माण भएको उनले उल्लेख गरे । २०६५ सालमा मगर चलचित्र कर्मी संघको स्थापना पश्चात मात्र यस क्षेत्रसँग सम्बन्धित कलाकार, निर्माता र निर्देशकलाई संगठित गरिएको अभिव्यक्ति उनको छ । मगर भाषामा चलचित्र निर्माण कम हुनुमा कलाकारको विदेश पलायन प्रमुख समस्या भएको उनले बताए । मातृभाषाका चलचित्रलाई संरक्षण गर्न राज्य नै प्रभावकारी रुपमा लाग्नुपर्ने आवश्यकतालाई उनले औंल्याएका छन् ।


गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मन कुमार श्रेष्ठले प्रज्ञा प्रतिष्ठानले मातृभाषाका चलचित्रको संरक्षणमा काम गरिरहेको जानकारी गराए । उनले यस संघ सम्बन्धित संस्थालाई सँगै लिएर हिड्ने समेत प्रतिबद्धता व्यक्त गरे । श्रेष्ठले मातृभाषाका चलचित्रले विशाल सोच बनाउनुपर्ने आवश्यकतालाई जोड दिएका छन् । आफ्नो समुदायमात्र सिमित रहनुभन्दा आम जनमानसले हेर्ने वातावरण बनाउन उनको आग्रह छ । जसका लागि प्रज्ञा प्रतिष्ठानले नीतिगत तहमा सहयोग गर्ने उनले बताए ।


गुरुङ चलचित्रकी निर्देशक जसमाया गुरुङ (जशु) ले मातृभाषाका चलचित्रमा महिलाहरुको सहभागिता पहिले भन्दा अहिले राम्रो हुँदै गएको बताइन् । “समस्या नभएको होइन छ । तर पनि महिला दिदीबहिनीहरुले समस्यालाई थाती राख्दै चलचित्र निर्माण गरिरहेका छन् ।’, उनले भने ।
कोभिड पछि मातृभाषाका चलचित्रमा समस्या आएता पनि सबै मिलेर नै समस्याको समाधान गर्न सकिने भनाई उनको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले चलचित्र पत्रकार संघ कास्कीको सक्रियता प्रशंसा गर्न लायक रहेको बताइन् । राम्रो विषयवस्तु उठाएर अन्तरक्रिया गर्दा समस्याको समाधानमा मदत पुग्ने भन्दै मातृभाषाका चलचित्र निर्माणले सिङ्गो गण्डकी प्रदेशको संस्कारलाई प्रतिनिधित्व गर्ने भनाई उनको छ ।


चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष प्रभु अधिकारीले संघले यस पछि पनि थप रचनात्मक कार्यक्रम गर्दै जाने बताए । कास्कीमा रहेर संघले आफ्नो क्रियाशिलतालाई अगाडि बढाएता पनि समग्र गण्डकी प्रदेशका कथाव्यथालाई समेटिने भनाई उनको छ । सचिव सन्तोष बस्यालले संचालन गरेको कार्यक्रममा पोखराका कलाकार देखि पत्रकारहरुको उपस्थिति थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist