Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

पोखरा टेलिभिजनले देउसी भैलो महोत्सव गर्ने

Share on facebook
Share on twitter
Share on linkedin

पोखरामा पहिलो पटक मौलिक सस्कृति झल्कने देउसी भैलो महोत्सव हुने भएको छ । पोखरा टेलिभिजनको आयोजनामा हुन लागेको महोत्सवमा बिभिन्न जातजाती बिषेश तथा समुदाय बिषेशको देउसीभैलो प्रर्दशन हुने भएको पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।



पछिल्लो समय नक्कल गर्ने सस्कृतीका कारण हाम्रा संस्कृति र परम्पराहरुको अस्तित्व नासिने खतरा बढ्दै गएको छ । पछिल्लो समय तिहारको समयमा खेलिने देउसीभैलो विकृतिमुक्त हुन सकेको छैन, यसको मौलिकता हराउँदै गएको आभाष हुन थालेको छ ।
त्यसैले देउसीभैलोलाई ब्यापक बनाउन र मौलिकता जोगाईराख्न उत्सवको रुपमा मनाउने संस्कृतिको विकास गराउने प्रयास गरका हौ |



पोखरा टेलिभिजनका प्रबन्ध र्निदेशक माधब पनेरुले सो अबसरमा उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनमा महोत्सवका मुल्याङ्गकन समितीको संयोजक बरिष्ठ लोकदोहोरी गायक प्रजापती पराजुलीले मौलिकतालाई महोत्सवका रुपमा नल्याउने हो भने हाम्रा परम्परा र सस्कृती बिलीन हुने अबस्था आईसकेको बताउनु भयो ।
महोत्सवले मौलिकता जोगाउन एक महत्वपुर्ण कदम चालेको उहाँको भनाई थियो । पोखरा उद्योग बाणिज्य संघको सभाहलमा कार्तिक २५ गते बिहान ११ बजे आयोजना हुने महोत्सवमा दर्शकका लागि निःशुल्क प्रबेशको ब्यबस्था मिलाइएको महोत्सव संयोजक घनश्याम पाण्डेले बताउनु भयो ।



महोत्सवले उठान गर्न खोजेको मुख्य विषय नै मौलिकता र समुदाय विषेशको देउसीभैलो भएकाले पोखरा र आसपासमा खेलिने समुुदाय विषेशको देउसी भैलोलाई सहभागिता गराईने उहाँको भनाई थियो । यसबाट हराउँदै गएको मौलिकतालाई दिगोपन दिने उद्धेश्य हाम्रो छ । जसबाट पर्यटनको राजधानी पोखरामा पर्यटकीय गतिविधि पनि बढाउन सकीने टेलिभिजनले दावि गरेको छ ।



महोत्सवमा पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्ड प्रबद्र्धकका रुपमा रहेका छन । त्यसैगरि गण्डकी प्रदेश सरकार सामाजिक बिकास तथा स्वास्थ्य मन्त्रालय , उद्योग,पर्यटन,बन तथा बाताबरण मन्त्रालय ले सहकार्य गरेका छन । त्यसैगरि गण्डकी प्रज्ञा प्रतिष्ठान, पोखरा प्रज्ञा प्रतिष्ठान, राष्ट्रीय बाणिज्य बैक लगायतका संघ सस्थाहरुको सहकार्य रहेको बताइएको छ ।



महोत्सवमा सहभागि टिमले नगद पाँच हजार नगद प्राप्त गर्नेछन उत्कृष्ट टिमलाई देउसी भैलो च्याम्पीएन घोषित गरीनेछ । च्याम्पीएन हुने टिमले अवार्ड सहित रु १५ हजार नगद प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist