Thursday, December 12, 2024

आजको मिति: २०८१ मंसिर २७ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
नेपाल प्रेस युनियनद्वारा १३ सदस्यलाई निष्कासन
पोखरामा ११ औं विश्व माटो दिवस मनाइयो
सम्झनामा मात्र डिल बहादुर गुरुङ !
Next
Prev

पोखरा महानगरपालिकामा नगर प्रहरीमाथि भएको आक्रमणको विरोधमा नेपाली कांग्रेसका जनप्रतिनिधिहरूको आपत्ति

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखरा, कात्तिक २७ – पोखरा महानगरपालिकामा नेकपा (एमाले) का निर्वाचित जनप्रतिनिधिहरूद्वारा नगर प्रमुखको सचिवालयमा ड्यूटीमा खटिएका नगर प्रहरीमाथि भएको आक्रमणप्रति नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरूले गम्भीर ध्यानाकर्षण व्यक्त गरेका छन् । नेपाली कांग्रेस दलका नेता तथा वडा नं. २ का वडाध्यक्ष दिवसमान प्रधानाङ्गको नेतृत्वमा जारी गरिएको प्रेस विज्ञप्तिमा घटनाको घोर निन्दा गरिएको छ।


पोखरा महानगरपालिकाको नगर कार्यपालिकाको ३७ औं बैठकले प्रदेश लोकसेवा आयोगद्वारा सिफारिस गरिएका कर्मचारीहरूलाई सेवा दिने र पुराना २८ कर्मचारीलाई विदा दिनुपर्ने निर्णय गरेको थियो। उक्त निर्णयलाई नेपाली कांग्रेसका जनप्रतिनिधिहरूले कानुनी दायित्व र विधिसम्मत मानेर कार्यान्वयन गर्नुपर्ने अडान राख्दै कानूनी व्यवस्था अनुसार यो कदम आवश्यक रहेको बताएका छन्।


प्रेस विज्ञप्तिमा जनप्रतिनिधिहरूले शान्तिपूर्ण विरोध प्रदर्शन र अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई लोकतन्त्रको आधारभूत अंश मान्दै आए पनि, आन्दोलनका नाममा अराजकता र गुण्डागर्दी कुनै पनि हालतमा स्वीकार्य नभएको प्रस्ट पारिएको छ। विज्ञप्तिमा नगर प्रमुखको कार्यालयमा गरिएको तोडफोड, ड्यूटीमा खटिएका नगर प्रहरीहरूलाई बाहिर निकाल्ने, तथा नगर प्रहरी सहायक निरीक्षक सन्त बहादुर केसीमाथि भएको घातक आक्रमणलाई घोर आपत्तिजनक मानिएको छ।


सन्त बहादुर केसीको स्वास्थ्य अवस्था गम्भीर रहेको र उनलाई शल्यक्रिया गर्नुपर्ने अवस्थामा पुर्‍याएको आक्रमणप्रति दुख प्रकट गर्दै नेपाली कांग्रेसले दोषीमाथि तत्काल छानबिन गरी कानूनी कारबाहीको माग गरेको छ। यसैसाथ, घाइते प्रहरी केसीको शीघ्र स्वास्थ्य लाभको कामनासहित उनको उपचारको व्यवस्था गर्न माग गरिएको छ।


नेपाली कांग्रेसका जनप्रतिनिधिहरूले सरकारी कर्मचारीहरूको विवादमा जनप्रतिनिधिहरूको सहभागी भई अराजक गतिविधि गर्नु कुनै पनि हालतमा उचित नहुने धारणा राख्दै, आगामी दिनमा यस्ता घटनाहरू नदोहोर्याउन सबै पक्षलाई संयमित रहन अनुरोध गरेका छन्।


प्रेस विज्ञप्तिमा सबै जनप्रतिनिधिहरूलाई सार्वजानिक दायित्वमा मर्यादा कायम राख्दै आपसी मतभेदलाई संयमित ढंगले समाधान गर्न आग्रह गरिएको छ। देश र जनताको सेवा गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist