Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • खेलकुद
  • खेलकुद
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

पोखरा—१४ र १५ वडास्तरीय फुटबलको फाइनलमा

Share on facebook
Share on twitter
Share on linkedin

✍️अनुप पौडेल


पोखरा,पोखरा महानगरपालिका वडास्तरीय फुटबल प्रतियोगिताको फाइनलमा वडा नम्बर १४ र १५ खेल्ने भएका छन् । बुधबार भएको दुई सेमिफाइनलमा जित निकालेका यी दुई वडा उपाधिका लागि मैदान उत्रने भएका हुन् ।



पहिलो सेमिफाइनलमा वडा नम्बर १५ ले वडा नम्बर ३० लाई २—१ ले हरायो । दोस्रो सेमिफाइनलमा वडा नम्बर १४ ले वडा नम्बर २७ लाई पराजित ग¥यो । वडा नम्बर १५ को जितमा विशाल गुरूङ र श्रीजन रञ्जितले एक—एक गोल गरे । वडा नम्बर ३० का सागर गौतमले एक गोल गरेका थिए । वडा नम्बर १५ का श्रीजन म्यान अफ द म्याच घोषित भए । वडा नम्बर १४ को जितमा आशिष कार्की र नारन गुरूङले दुई—दुई गोल गरेको आयोजकले जनाएको छ । आशिष म्यान अफ द म्याच बने ।



वडा नम्बर १४ र १४ बीचको फाइनल बिहीबार बिहान ११ बजे पोखरा रंगशालास्थित फुटबल मैदानमा हुनेछ । कास्की जिल्ला फुटबल संघको प्राविधिक सहयोगमा आयोजित प्रतियोगितामा पोखरा महानगरपालिकाका ३३ मध्ये ३० वडाको सहभागिता छ । विजेता वडाले एक लाख ५० हजार रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । उपविजेता हुने वडाले एक लाख रूपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने सदस्य सचिव सुवास खड्काले जानकारी दिए ।



सर्वोत्कृष्ट खेलाडीलाई १५ हजार रूपैयाँ र उत्कृष्ट डिफेन्डर, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट प्रशिक्षकलाई ५—५ हजार रूपैयाँसहित ट्रफी र प्रमाणपत्र पुरस्कार दिइने छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist