Thursday, December 12, 2024

आजको मिति: २०८१ मंसिर २७ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
पोखरामा ११ औं विश्व माटो दिवस मनाइयो
सम्झनामा मात्र डिल बहादुर गुरुङ !
Next
Prev

बालाचतुर्दशीमा पोखरा-१४ को भजन प्रतियोगिता,शुभ मार्ग भजन समूह प्रथम

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
आज मंसिर १५ गते हिन्दुहरूको धार्मिक पर्व बालाचतुर्दशीको अवसरमा पोखरा महानगरपालिका वडा नम्बर १४ को आयोजनामा भजन चुट्का (कीर्तन) प्रतियोगिता सम्पन्न भएको छ। हाम्रो मौलिक धर्म र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यस प्रतियोगितामा शुभ मार्ग भजन समूहले प्रथम स्थान प्राप्त गरेको छ।


कार्यक्रममा प्रमुख अतिथि गन्डकी प्रदेश सांसद सरस्वती गुरुङ्गले देशमा यस्ता पाैराणिक पर्वहरूले थप समाज र देशलाई सुख र शान्ति बनाउने कुरामा जाेडी दिनुभयो।


वडा अध्यक्ष बोध बहादुर कार्कीको अध्यक्षतामा र गण्डकी प्रदेश सभा सदस्य माननीय सरस्वती गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा दश भजन समूहले प्रतिस्पर्धा गरेका थिए। प्रतियोगितामा दोस्रो स्थान भगवती भजन मण्डली समूह (मसिना) र तेस्रो स्थान मनकामना भजन मण्डलीले प्राप्त गरे भने सान्त्वना स्थान राधाकृष्ण भजन समूह (मझेरिपाटन) ले प्राप्त गर्‍यो।


यसैगरी, उत्कृष्ट भेषभूषामा प्रगति नमुना आमा समूहले र अनुशासनतर्फ इन्द्र मार्ग भजन समूहले पुरस्कृत भए। कि
कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य तथा कार्यक्रम संयोजक कृष्ण हरि काफ्लेले राख्नुभएको थियो भने शुभकामना मन्तव्य पं. चिरञ्जीवी बरालले दिनुभएको थियो। कार्यक्रम सञ्चालन वडा सचिव रामचन्द्र पौडेलले गर्नुभएको थियो।


भजन प्रतियोगिताका निर्णायक भरत मोहन गौतम तथा सहयोगी सबिना अधिकारी क्षेत्री रहनुभएको थियो।
बिजयी समूहलाई हार्दिक बधाई तथा सहभागी समूहहरूलाई आगामी दिनमा थप सफलताको शुभकामना सहित धन्यवाद व्यक्त गरिएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist