Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

शुरु भयो ट्रान्स हिमालय एड्भेन्चर, मुस्ताङका लागि प्रस्थान गरे बाइकर

Share on facebook
Share on twitter
Share on linkedin

काठमाडौं- मुस्ताङ सम्म पुग्नका लागि काठमाडौवाट बाइकरको ट्रान्स हिमालय एड्भेन्बर टोली प्रस्थान गरेको छ ।


राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टकलाल घिसिङद्वारा शुभारम्भ गरिएको बाइकरहरुको न्याली सातदोबाटोस्थित खेलकुद परिसरबाट प्रस्थान गरेको हो ।


सो प्ऱ्याली आज पोखराको सराङकोट पुग्ने छ भने त्यसपछि कालोपानी, लेते हुँदै मुक्तिनाथ पुग्ने छ । त्यसैगरी फर्किदा जोमसोम, कुश्मा हुँदै पोखरा पुगेर समापन हुनेछ ।


पोखरामा आयोजना हुने मोटो इन्डुरो च्याम्पियनसिपमा आएर सो राइड समापन हुनेछ । र्यालीलाई पोखरामा आज प्रदेश सभा सदस्य प्रकाश बराल, नासा गण्डकीका अध्यक्ष शिव श्रेष्ठ, राखेप पूर्व सदस्य सम्पन्न श्रेष्ठ र पोखरा महानगर खेलकुद परिषद अध्यक्ष दिपक गोदारले स्वागत गर्नेछन् ।


माउन्टेन स्पोर्ट्स फेस्टिभल अन्तर्गत दिगो पर्यटनको लागि टु ह्विल टुरिडलाई प्रवर्धन गर्ने उद्देश्यका साथ साहसिक खेलकुदको रुपमा समेत यसलाई लिइएको छ। सेफ्टी राइडिङको सन्देश समेत फैलाउन सहयोग पुग्ने गरी सो राइड अन्तर्गत अन्य विभिन्न कार्यक्रम समेत आयोजना गरिने छ ।


जोमसोममा मोटोखाना रेसिङ, सेल्फी च्यालेञ्ज तथा सेफ राइडिङ र ट्यालेन्ट हन्ट सम्बन्धी विभिन्न क्रियाकलाप हुने आयोजना नासा नेपालले जनाएको छ ।


राष्ट्रिय खेलकद परिषद् र अन्तर्राष्ट्रिय मोटरसाइकल फेडरेसन (FIM) को सहयोग तथा गण्डकी अटोमोवाइल्स एसोसिएसनको प्राविधिक सहयोगमा सो कार्यक्रम आयोजना हुन लागेको हो



Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist