Thursday, December 12, 2024

आजको मिति: २०८१ मंसिर २७ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
नेपाल प्रेस युनियनद्वारा १३ सदस्यलाई निष्कासन
पोखरामा ११ औं विश्व माटो दिवस मनाइयो
सम्झनामा मात्र डिल बहादुर गुरुङ !
Next
Prev

समिट धौलागिरी : नेपाल सरकारले पर्यटक स्तरको मान्यता प्रदान गरेको बागलुङको पहिलो र एक मात्र होटल

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
बागलुङ, कात्तिक २५ – नेपाल सरकारले पर्यटक स्तरको मान्यता प्रदान गरेको बागलुङको पहिलो र एक मात्र होटल, समिट धौलागिरी, ले आफ्नो अतिथीहरूका लागि थप सुविधासहित Scorpio Luxury Jeep मार्फत पर्यटन सेवा सञ्चालनमा ल्याएको छ। समिट धौलागिरी होटलले यो सेवा सुरुवातसँगै बागलुङमा नयाँ पर्यटक स्तरीय सेवा उपलब्ध गराउँदै थप सहजता प्रदान गर्न चाहन्छ।


होटल समिट धौलागिरीको नयाँ सेवा अन्तर्गत पर्यटकहरूलाई विभिन्न आकर्षक गन्तव्यहरूमा यात्रा गर्नको लागि सुविधा पुर्‍याइनेछ। यसमा मुक्तिनाथ, ढोरपाटन, कर्णाली रारा, पोखरा, काठमाण्डौ, लुम्बिनी, जनकपुर, साथै बागलुङ र धौलागिरी लगायतका कुनै पनि पर्यटकीय गन्तव्यहरूमा भ्रमण गर्न चाहनेहरूले सेवा लिन सक्नेछन्।


विदेशबाट नेपाल भ्रमण गर्न आउँदा, देशभित्र भ्रमणको योजना बनाउँदा, अथवा केही दिनको लागि भाडामा गाडी आवश्यक परेको अवस्थामा होटल समिट धौलागिरीले यो सेवा उपलब्ध गराउनेछ। यो सेवाले काठमाण्डौ, पोखरा, बागलुङ र गल्कोटबीच नियमित सेवा पनि दिने तयारी गरेको छ।


होटल समिट धौलागिरीले आफ्नो सेवा आरामदायी, सुरक्षित र खुसीमय बनाउन प्रतिवद्ध रहेको छ। पर्यटन क्षेत्रमा नयाँ स्तरको सेवा अनुभव गर्न चाहनेहरूले होटलको सम्पर्क नम्बर ९८५७६२०८४०, ९८५७६५४४७७ वा ९८५७६००००७ मा सम्पर्क गर्न सक्नेछन्। विशेष रूपमा भोली कात्तिक २६ गते काठमाण्डौबाट बागलुङ जाने योजनामा रहेका यात्रुहरूलाई सम्पर्क गर्न आग्रह गरिएको छ।


समिट धौलागिरी: तपाईंको यात्रा र साहसिक अनुभवलाई नयाँ स्तरमा पुर्‍याउने प्रतिबद्धता!


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist