Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

सोंथर बेँसी मेलाको तयारी तिब्र,गाेरु जुदाई मुख्य आकर्षण!

Share on facebook
Share on twitter
Share on linkedin

सोंथर बेँसी मेलाको तयारी तिब्र, मेलामा हुन लागेको गोरु जुधाई प्रतियोगिता प्रति दर्शकको चासो र उत्साह ।


कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार पाखुरीकोट गाउँ र १० भाचोक गाउँको संगम बेँसीको रुपमा रहेको सोंथर बेँसीमा अगामी फागुन १ र २ गते हुने दोस्रो सस्करणको सोंथर बेँसी टारी बजार कृषि , पर्यटन , संस्कृति तथा खेलकुद मेलाको तयारी तिब्र पारिएको छ । सोंथर बेँसी तथा त्यस क्षेत्र को प्रवर्धन, कृषि र पर्यटन भन्ने मुल नाराका साथ सोंथर बेँसी विकास समितिले मेला गर्न लागेको हो ।


मेला करिव ५ हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ । मेला सम्पन्न गर्न ५ लाख खर्च लाग्ने अनुमान गरिएको समितिका उपाध्यक्ष तथा अर्थ संकलन उपसमितिका संयोजक आस बहादुर गुरुङ्ले बताउनुभयो । मेलामा विशेष गरि सोंथर बेँसी लगायत त्यस क्षेत्र मा उत्पादित कृषि वस्तु तथा पशुचौपायाहरुको प्रदर्शनी एवम् बिक्रि गरिने समितिका कार्यकारी सदस्य एवम् कृषि पशु प्रदर्शन उपसमितिका संयोजक नन्दलाल अधिकारीले बताउनुभयो । कृषि वस्तु साथै खसी , बोका , गोरु को प्रदर्शन , साटासाट साथै बिक्रि गरिने छ । भाचोक, नागीधार, पाखुरीकोट, यार्मा, लुम्दी, रबैडाँडा, ढोडेनी, सोंथर बेँसी लगायत गाउँका किसानहरु प्रदर्शनका लागी सहभागी हुनेछन् |


मेलामा पहिलो पटक गोरु जुधाई प्रतियोगिता राखिएको छ । प्रथम हुनेलाई नगद ६ हजार साथमा प्रमाणपत्र र दोस्रो हुनेलाई नगद ४ हजार र प्रमाणपत्र दिइनेछ । पहिलो पटक हुन लागेको गोरु जुधाई प्रतियोगिता प्रति दर्शकहरुको निकै चासो र उत्साह देखिएको संयोजक अधिकारीले बताउनुभयो ।


त्यस्तै खेलकुद तर्फ खुल्ला पुरुष 5A साइड फुटबल प्रतियोगिता , खुल्ला छेलो/ठेलो प्रतियोगिता , खुल्ला पुरुष तथा महिला डोरी तान्ने प्रतियोगिता , खुल्ला सामुहिक नृत्य प्रतियोगिता साथै स्थानीय गाउँहरुको घाँटु नाच, कृस्न चलित्र नाच, भजन नाच, युवा क्लबको ठेटार नाच तथा चर्चित कलाकार हरुको समेत प्रस्तुती रहने समितिका सचिव तथा सांस्कृतिक उपसमिति संयोजक डील्लीराज गिरिले जानकारी दिनुभयो ।


फुटबल प्रतियोगितामा प्रथम र दोस्रो हुने समुहलाई क्रमश : नगद ४० हजार र ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । दर्ता शुल्क जम्मा ३ हजार राखिएको उक्त 5A साइड फुटबल प्रतियोगितामा कास्की र लमजुङ का विभिन्न युवा क्लब गरी २५ टीम बढि सहभागी हुने फुटबल खेल सन्चालन उपसमिति संयोजक दिब्यशक्ती गुरुङ्ले जानकारी दिनुभएको छ ।
त्यस्तै शैक्षिक कार्यक्रमहरु तर्फ कक्षा १ देखि ३ सम्मका विधार्थीहरुका लागी खुल्ला पढाइ प्रतियोगिता , ४ देखि ८ सम्मका विधार्थीहरुका लागी ‘सोंथर बेँसी लम्तरी पर्यटन प्रवर्धन’ विषयक वक्तित्वकला प्रतियोगिता समेत राखिएको शैक्षिक कार्यक्रम संयोजक प्र अ इन्द्र प्रसाद सुवेदीले बताउनुभयो ।


मेलालाई सफल पार्न मादी गाउँपालिकाको कार्यालय साथै विभिन्न संघ संस्थाहरुले सहयोग गर्ने भएको छ भने स्थानीय गाउँका देश विदेशमा रहनुहुने गाउँबासीहरुले आर्थिक सहयोग समेत गर्नुभएको छ ।


त्यस्तै सोंथर बेँसी मेला तथा त्यस क्षेत्रको कृषि तथा पर्यटन प्रवर्धनका लागी कृषि ज्ञान केन्द्र कास्की, भेटनरी अस्पताल तथा पशु विज्ञ केन्द्र कास्की, गन्डकी प्रदेशका कृषि तथा पर्यटन मन्त्रालयहरु, नेपाल पर्यटन बोर्ड, टान, एक्याप, स्थानीय वडा कार्यालयहरु लगायत संग सहकार्य समेत गरिएको छ । त्यस्तै मेलालाई सफल पार्न गाउँ र पोखरामा समेत अन्तरक्रिया तथा छलफल कार्यक्रमहरु गरिएको समितिका दृतिय उपाध्यक्ष दिर्गमान गुरुङ्ले बताउनुभयो ।


‘३५ वर्स अघि त्यस भेककै निकै प्रख्यात रुपमा रहेको सोंथर बेँसी मेला विविध कारण स्थगित भएपछि पुन थप परिस्कृत गर्दै शुरुवात गर्दा स्थानीयमा छुट्टै खुसी र उत्साह छ, ‘ सोंथर बेँसी विकास समितिका अध्यक्ष तथा मादी ८ का जनप्रतिनिधि ओम प्रकाश गुरुङ्ले बताउनुभयो , ‘मेला लाई सभ्य, भब्य र सफल बनाउन सबैबाट सहयोगको अपेक्षा गरेका छौँ ।’



सोंथर बेँसी तथा त्यस आसपास क्षेत्र लाई कृषि र पर्यटनका रुपमा अगाडी बढाउने उदेश्यले सोंथर बेँसी विकास समिति जिल्ला प्रशासन कार्यालयमा दर्ता गराइ सोहि अनुसार समिति अगाडि बढिरहेको गुरुङ्ले बताउनुभयो । सोंथर बेँसी बाट भाचोक गाउँ हुँदै लम्तरी, सबुपोखरी जस्ता धार्मिक तथा एतिहासिक ठाउँहरु भएर २ दिनको ट्रेकमा क्रपुडाँडा पुग्न सकिनेछ । त्यस्तै भाचोक सोंथर बेँसी हुँदै नागीधार रबैडाँडा पोसी गाउँ भएर लमजुङको ठुला गाउँहरु सिङ्दी पसगाउँ १ दिनमा हिडेर सजिलै पुग्न सकिनेछ ।


सोंथर बेँसीमा हाल फार्महाउस र केहि होमस्टे समेत सन्चालनमा रहेका छन् । फार्महाउसमा बसेर नजिकै बगेको वार्दी खोलामा पौडी खेल्दै दुवाली थुनेर माछा मार्दै आनन्द लिन सकिनेछ । नजिकै टारी खेतमा गोठ समेत रहेकाले गोठमा बसेर खिर खाने जस्ता अनुभव लिन मिल्छ ।



पोखरा २६ बिजयपुर बाट कालिका सौरे भगवतीटार थुम्सीकोट मकैखोला कयारे ढोडेनी लुम्दी गाउँ हुँदै ३० किमिमा बाइक, स्कुटर, स्कारपियो, जीप, सार्वजनिक बस लगायत सवारी साधनमा सोंथर बेँसी सजिलै पुगिनेछ । पोखरा १३ भद्रकाली बाट काहुँखोला , भैंसे, तारकाङ्बेशी, भगवतीटार, सैमराङ, वार्चोक, पुरानोभाचोक , भाचोक गाउँ हुँदै २८ किमिमा सजिलै पुगिन्छ ।


त्यस्तै पोखरा ३१ बेगनास बाट स्याङ्खुदी, सौरे , भगवतीटार , थुम्सीकोट ,मकैखोला हुँदै समेत पुगिन्छ । थुम्सीकोट बाट पैदल यात्रा गर्ने हो भने वार्दी खोलाको तिरैतिर हिडेर १ घन्टामा सोंथर बेँसी पुग्न सकिनेछ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist