नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्ष २०७९र८० को पहिलो ११ महिनामा नेपाल भित्रने रेमिट्यान्समा २२।७ प्रतिशतले वृद्धि भएको छ ।
राष्ट्र बैंकले उक्त अवधिमा ११ खर्ब १२ अर्ब ५२ करोड रुपैयाँ नेपाल भित्रिएको जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०७८÷७९ को सोही अवधिमा नेपाल भित्रने रेमिट्यान्स ४.१ प्रतिशतले बढेको थियो ।
अमेरिकी डलरमा नेपाल भित्रने रेमिट्यान्स १३ प्रतिशतले वृद्धि भएर आठ अर्ब ५१ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो रेमिट्यान्स १.८ प्रतिशतले बढेको थियो ।