Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

२५ औं सडक महोत्सवको तयारीमा जुट्यो

Share on facebook
Share on twitter
Share on linkedin

असार १४,पोखरा रेष्टुरेण्ट एण्ड बार एसोसियसन (रेवान) पोखरा २५ औं सडक महोत्सवको तयारीमा जुटेको छ । अंग्रेजी नयाँ वर्षका अवसरमा सञ्चालन हुने महोत्सवको यो संस्करणका लागि रेवानले संस्थाका प्रथम उपाध्यक्ष विश्वराज पौडेललाई संयोजकमा चयन गरेको छ । त्यसैगरि सह–संयोजकमा वैभव पौडेल चयन भए ।


रेवान पोखराका अध्यक्ष नरेश भट्टराई अध्यक्षतामा बुधबार पोखरामा बसेको कार्यसमिति तथा सल्लाहकार सहितको वैठकले पौडेलद्वयलाई संयोजक र सह–संयोजकमा चयन गरेको हो । ‘सडकमै खाउँ, सडकमै नाचौं, सडकमै रमाऔं’ भन्ने मुल नारा सहित आउँदो पुष १३ देखि महोत्सव लेकसाइडको झण्डै ४ किलोमिटर क्षेत्रमा सञ्चानल हुनेछ ।


यसपटक नारा अनुसार अधिकांस कार्यक्रम सडक लक्षित हुने संयोजक पौडेलले बताए । रजत महोत्सव समेत भएकाले पहिलाको भन्दा केहि पृथक हुने उनको भनाई छ । यसपटक गण्कडी प्रदेशका जिल्लाहरुलाई प्राथमिकतामा राख्दै ११ जिल्लाकै साँस्कृतीक समुह सडकमा उतार्ने उनले जनाए ।


पोखराको पर्यटकीय गतिविधि चलायमान बनाउन, धेरैभन्दा धेरै स्वदेशी तथा विदेशी पाहुना पोखरा भित्र्याउन यो महोत्सव सफल रहेको सह–संयोजक वैभवको भनाई छ । विगत वर्षहरुमाझै यस वर्ष पनि साँस्कृतिक कार्यक्रम, मौलिक भेषभुषा प्रर्दशन सँगै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खानाको प्रदर्शन, दोहोरी गित प्रतियोगिता, झाँक्री प्रदर्शन, रात्रीकालिन कन्सर्ट, बोट रेस, खुल्ला भेट्रान टेनिस प्रतियोगिता, वेटर रेस, टग अफ वार तथा पोखराका प्रमुख गन्तब्य सहितको डकुमेन्टी प्रदर्शन गरिने पौडेलले बताए ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist