Tuesday, September 1, 2026

आजको मिति: २०८३ भाद्र १६ ,मंगलवार

  Latest
पोखरा–१७ मा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
Next
Prev

बाढीपीडितका लागि ९ वर्षीया सुभिहानीको अनुकरणीय सहयोग

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा — नेपालमा पछिल्लो समय आएको बाढी तथा विपद्बाट प्रभावित परिवारहरूको सहयोगका लागि ९ वर्षीया बालिका सुभिहानी सुबेदीले उल्लेखनीय सहयोग गरेकी छन्।


बाल भ्लगरका रूपमा परिचित सुभिहानीले आज बाढीपीडितका लागि ९९ थान ट्राउजर, २१ थान ज्याकेट, १२ थान टी–सर्ट र २ थान हुड गरी करिब ७५ हजार रुपैयाँ बराबरको लत्ताकपडा सहयोग गरेकी हुन्।सानै उमेरमा सामाजिक सेवामा देखाएको उनको यो पहलले विपद्को समयमा सहयोग र मानवताको सन्देश दिएको छ।


सुभिहानीले आफूले सक्ने सहयोगमार्फत पीडित परिवारको दुःखमा केही भए पनि साथ दिन चाहेको बताएकी छन्।सुभिहानी सुबेदी बाल भ्लगरका रूपमा समेत चर्चित छन्। उनले पोखराको फेवातालमा एक्लै कायाकिङ गरेर साहस प्रदर्शन गरेपछि उनलाई सामाजिक सञ्जालमा **‘पोखराकी साहसिक छोरी’**का रूपमा समेत चिनिन थालिएको थियो।


९ वर्षकै उमेरमा विपद् प्रभावितका लागि गरेको यो सहयोगले बालबालिकाले पनि समाजप्रति आफ्नो जिम्मेवारी निर्वाह गर्न सक्छन् भन्ने प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ।



Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist