Wednesday, February 5, 2025

आजको मिति: २०८१ माघ २३ ,बुधबार

  • समाचार
  • समाचार
  Latest
कलाकार सागर लम्साल ‘बले’ बुबा बन्दै
Next
Prev

कास्कीमा पहिरोमा पुरिएर ११जनाको मृत्यु

Share on facebook
Share on twitter
Share on linkedin

✍️अजय क्षेत्री
कास्कीमा गएराति परेको अविरल वर्षाको कारणले खसेको पहिरोमा पुरिएर एकै परिवारका सात सहित ११ जनाको मृत्यु भएको छ । तीन फरक फरक ठाउँमा पहिरोमा पुरिएर भएका घटनामा ११ जनाले ज्यान गुमाएका हुन् ।


पोखरा महानगरपालिका-१९ मा सात जना, पोखरा-३२ मा तीन जना र मादी गाउँपालिका-११ मा एक जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ ।


पोखरा-१९ को घटनामा परेर ४७ वर्षीय कुलबहादुर परियार, श्रीमती ४३ वर्षीया मनकुमारी परियार, ८५ वर्षीया आमा लक्षिमा परियार, २० वर्षीया प्रभा परियार, छोरी १५ वर्षीय प्रशना परियार (विवाहित) र ज्वाइँ २५ वर्षीय अस्मित परियार र ५६ वर्षीय राधिका परियारको मृत्यु भएको हो ।


घटनामा राधिकाका छोरा ४० वर्षीय कुमार परियार र कुलबहादुरका छोरा १७ वर्षीय पवन परियार घाइते भएका छन् । उनीहरू अस्पतालबाट डिस्चार्ज भएका छन् ।


त्यस्तै, पोखरा-३२ चैनपुर बाह्रबिसेमा ४० वर्षीय आरती ओझाको घर भत्किँदा तीन जनाको मृत्यु भएको छ । उनका छोरीहरू १८ वर्षीय अनिता, ११ वर्षीय अनुष्का ओझा र आरतीका दाइका छोरा ९ वर्षीय प्रतिक सुवेदीले ज्यान गुमाए । आरतीको भने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भैरहेको छ ।


मादी-११ तल्लो ताप्लेमा भएको घटनामा ८० वर्षीया माइतीकुमारी गुरुङको मृत्यु भएको छ । घरमा छोरासहित बस्दै आएकी कुमारीको बिहान एक बजे खसेको पहिरोमा पुरिएर ज्यान गएको हो । उनका छोरा ५५ वर्षीय ओमबहादुर गुरुङको भने उद्दार गरिएको छ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist