Monday, November 16, 2026

आजको मिति: २०८३ मंसिर १ ,सोमबार

  Latest
मुक्तकमञ्चको २२१औँ नियमित मुक्तकवाचन सम्पन्न
मत दिन पाइनँ, तर विश्वास अडिग छ’ :
Next
Prev

मुक्तकमञ्चको २२१औँ नियमित मुक्तकवाचन सम्पन्न

Share on facebook
Share on twitter
Share on linkedin

मुक्तकमञ्च केन्द्रीय समितिको नियमित २२१औँ मुक्तकवाचन श्रृङ्खला शनिबार पोखराको गैरापाटनस्थित पश्चिमाञ्चल माध्यमिक विद्यालयमा सम्पन्न भएको छ।



मुक्तकमञ्च केन्द्रीय समितिका अध्यक्ष अम्बिका भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मुक्तकमञ्चका सल्लाहकार अल्पविराम पोखरेली तथा लघुकथाकार कल्याण पन्त अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।



कार्यक्रममा मनिषा लामिछाने, बबिन पाठक, सम्झना कुँवर, तेजनारायण अधिकारी, कल्याण पन्त, धुर्वराज अधिकारी, अल्पविराम पोखरेली, अम्बिका भण्डारी, जमुना कायस्थ र रामजीप्रसाद आचार्यलगायत स्रष्टाहरूले मुक्तक वाचन गर्नुभएको थियो।वाचित मुक्तकहरूमा देश, परिवेश, प्रेम तथा मानवीय सम्बन्धका विविध भाव समेटिएका थिए। 



कार्यक्रममा अतिथि अल्पविराम पोखरेलीले मुक्तक वाचनलाई नियमित र निरन्तरता दिनुपर्ने सुझाव व्यक्त गर्नुभएको थियो। अध्यक्ष भण्डारीले प्रत्येक महिनाको अन्तिम शनिबार नियमित मुक्तकवाचन कार्यक्रम आयोजना गरिने जानकारी दिनुभयो।


मुक्तकमञ्च केन्द्रीय समितिले मुक्तक साहित्यको विकास, संरक्षण र प्रवर्द्धनका लागि नियमित मुक्तकवाचनसँगै मुक्तक विशेष कार्यक्रम, पुस्तक लोकार्पण तथा विमोचन, मुक्तक उत्सव र साहित्य उत्सवजस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आइरहेको छ। यस्ता गतिविधिले स्रष्टाहरूलाई सिर्जना प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै मुक्तक साहित्यको विकास र विस्तारमा योगदान पुर्‍याउँदै आएकाे छ
।


कार्यक्रमको सञ्चालन मुक्तकमञ्च केन्द्रीय समितिका उपाध्यक्ष किरण ढकालले गर्नुभएको थियो। कार्यक्रममा साहित्यकार तथा मुक्तकप्रेमीहरूको उपस्थिति रहेको थियो।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist