Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

तेस्रो हेमजा हिले महोत्सव – २०८० हुने

Share on facebook
Share on twitter
Share on linkedin

✍️गोविन्द तिमिल्सिना 
पोखरा २५ हेमजा स्थित देवीस्थान सेवा समाजको आयोजनामा तेस्रो हेमजा हिले महोत्सव २०८० हुने भएको छ । 


आगामी असार १५ गते “कृषिमा कृषकलाई प्रोत्साहन, बिष्णुपादुका मन्दिर हेमजाको शान”  भन्ने मूल नाराका साथ महोत्सवको  आयोजना हुने भएको हो । महोत्सव देवीस्थान टोल पोखरा २५ हेमजामा हुने छ ।


सोमबार हेमजामा बसेको भेलाले हरिशरण पौडेलको संयोजकत्वमा मुल आयोजक समिति गठन गरेको छ । भेलाले विभिन्न उपसमिति पनि गठन गरेको छ ।


अर्थ संकलन उपसमिति संयोजकमा इन्द्रबहादुर कुँवर, प्रचारप्रसार उपसमिति संयोजकमा कृष्णबहादुर कुँवर, महोत्सव ब्यवस्थापन उपसमिति संयोजकमा बिष्णु प्रसाद तिमिल्सिना, स्वागत सत्कार उपसमिति संयोजकमा अञ्जिता तिमिल्सिना, कार्यक्रम सञ्चालन उपसमिति संयोजकको जिम्मेवारी जीवन खत्रीलाई दिइएको छ ।


भेलाले खाजा तथा खानेपानी उपसमिति संयोजकमा गोमा बाँस्तोला, स्वयंसेवक तथा युवा परिचालन उपसमिति संयोजकमा जीवन बाँस्तोला, सचिवालय ब्यवस्थापन उपसमिति संयोजकमा जीवन खत्री, मञ्च ब्यवस्थापन उपसमिति संयोजकमा खिमलाल तिमिल्सिना, यातायात ब्यवस्थापन उपसमिति संयोजकमा सुवास कुँवर, पुरस्कार, मायाको चिनो तथा साउण्ड सिस्टम ब्यवस्थापन उपसमिति संयोजकको जिम्मा बिष्णु भण्डारीले पाउनु भएको छ । त्यस्तै सरसफाइ उपसमिति संयोजकमा इन्द्र त्रिपाठी, सांस्कृतिक ब्यवस्थापन उपसमिति संयोजकमा बुद्ध देवी कुँवर, निर्णायक खेल सञ्चालन उपसमिति संयोजकमा सुविन श्रेष्ठ र महिला परिचालन उपसमिति संयोजक उमा भुर्तेल पौडेललाई दिइएको देवीस्थान सेवा समाजका सचिव जीवन खत्रीले जानकारी दिनुभयो ।


देवीस्थान सेवा समाजका अध्यक्ष हरिशरण पौडेलको अध्यक्षतामा भएको भेलाको सञ्चालन सचिव खत्रीले गर्नुभएको थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist