Saturday, March 15, 2025

आजको मिति: २०८१ चैत्र १ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
पोखरामा ‘होलिल्याण्ड’ होली विशेष कार्यक्रम हुने
Next
Prev

दुर्गाप्रसाद हुमागाईं लायन्स डिस्ट्रिक्ट ३२५ के नेपालको गभर्नर निर्वाचित

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा — पोखराका युवा व्यवसायी दुर्गाप्रसाद हुमागाईं लायन्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ के नेपालको लायन वर्ष २०२५–०२६ का लागि डिस्ट्रिक्ट गभर्नरमा निर्वाचित भएका छन्। शनिबार पोखरामा सम्पन्न तेस्रो वार्षिक डिस्ट्रिक्ट कन्भेन्सनले उनलाई गभर्नर चयन गरेको हो।


सोही निर्वाचनमा रमेश अधिकारी फस्ट भाइस डिस्ट्रिक्ट गभर्नर र विष्णुहरि फुँयाल सेकेन्ड भाइस डिस्ट्रिक्ट गभर्नर पदमा विजयी भएका छन्।


२० वर्षदेखि लायन्स क्लबमा सक्रिय हुमागाईं लायन्स क्लब अफ पोखरा पिस चौतारीका पूर्व अध्यक्षसमेत हुन्। उनी समाजसेवी तथा युवा सञ्चार उद्यमीका रूपमा परिचित छन्। काभ्रे जिल्लाको पनौती नगरपालिका, कुशादेवीमा जन्मिएका हुमागाईं २५ वर्षअघि पोखरामा आएर व्यवसायिक क्षेत्रमा सक्रिय भएका थिए।


गभर्नरमा निर्वाचित भएपछि हुमागाईं र डिस्ट्रिक्ट फस्ट लेडी सरिता दाहाल हुमागाईंले अग्रज लायन लिडर तथा सम्पूर्ण लायनहरूलाई आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्। हुमागाईंले लायन वर्ष २०२५–०२६ लाई स्मरणीय बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा अपडेट

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist