Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

नेत्र गुरुङ निर्देशित चलचित्र “कडी” को पोखरामा शुभ मुहूर्त

Share on facebook
Share on twitter
Share on linkedin

दश वर्ष अघि नेपाली चलचित्र “नाईके” निर्देशन गरेका पोखराका नेत्र गुरुङद्वारा निर्देशित चलचित्र “कडी”को शुभमुहूर्त गरिएको छ । नेत्र इन्टरटेन्मेन्ट ब्यानरमा सुस्मिता फिल्मस्को सहकार्यमा बन्न लागेको “कडी” को संस्कृतिकर्मी तीर्थ श्रेष्ठले सोमबार पोखराको विन्ध्यावासिनी मन्दिरमा शुभमुहूर्त गरेका हुन् । माइती घर चलचित्रको कालाकोटैले भन्ने गीतको छायाँकन समेत विन्ध्यावासिनी मन्दिरमा गरिएको जानकारी गराउँदै आज कडीको शुभमुहूर्त गर्न पाउँदा खुशी लागेको उनले बताए ।



पोखरा प्राकृतिक स्टुडियो भएकाले थुप्रै चलचित्रहरु सुटिङ हुने गरेको उल्लेख गर्दै श्रेष्ठले भारतीय नायक देवानन्दले समेत पोखरामा धेरै चलचित्रहरु सुटिङ गरेको जानकारी गराए । हरेराम हरेकृष्ण जस्ता चलचित्रहरु पोखरामा नै छायाँकन गरिएको भनाई उनको छ । श्रेष्ठले नेपाली चलचित्रले अझै पनि नेपाली चलचित्र भनेको यस्तो हुन्छ भनेर विश्वमाझ पुर्याइ आफुलाई स्थापित गर्न नसकेको प्रति दुख व्यक्त गरे । यस्तोमा नेपाली समाजका थुप्रै कडीलाई मोडेर आफुलाई अगाडि बढाउन र नेपाली चलचित्रको उन्नयनमा “कडी” महत्वपूर्ण साबित हुनेमा आफु विश्वस्त रहेको भनाई उनको छ ।



कार्यक्रममा कलाकार माओत्से गुरुङले नेत्र गुरुङ म्युजिक भिडियो र सर्ट फिल्ममा चिरपरिचित नाम भएको उल्लेख गरे । उनले पोखराबाट बन्ने चलचित्रको शुभमुहूर्तमा सहभागी हुन पाउँदा खुशी लागेको बताए । कडीले उठाउन खोजेको विषयले दर्शकको मन जित्नेमा उनी आशावादी छन् ।



चलचित्र निर्देशक घनश्याम लामिछानेले “कडी” नेपाली चलचित्र क्षेत्रका लागि नौलो बन्नेमा आफु विश्वस्त रहेको बताए । दश वर्ष अगाडि बनाएको नाइके पछिको ग्यापलाई चिर्ने गरी कडी अगाडि बढोस् भन्दै उनले शुभकामना दिए ।



नेत्र गुरुङले कडी आफ्ना लागि ड्रिम प्रोजेक्ट भएको उल्लेख गरे । म्युजिक भिडियोका लागि तयार पारिएको कथा चलचित्र बन्ला भनेर आफुले कल्पना समेत नगरेको भनाई उनको छ । नाइके पछि आफु म्युजिक भिडियो र सर्ट फिल्महरुमा व्यस्त रहेता पनि चलचित्र बनाउने योजना भने बनाइरहेको उनले बताए । कडी समाजको कथा भएको भनाई उनको छ । हर मान्छेले आफ्नोे कथाको अनुभुति गर्न पाउने गरी चलचित्र निर्माण गर्ने तयारीमा उनी छन् ।



पोखरा आसपास छायाँकन हुने चलचित्र सस्पेन्स थ्रिलर जनरामा बन्नेछ । शुभमुहूर्त पछि पाँच दिनको वर्कसप पश्चात “कडी” छायाँकनमा जानेछ । कडी मार्फत दर्शकलाई आफुले नौलो स्वाद पस्कन चाहेको अभिव्यक्ति गुरुङको छ ।



कडीमार्फत गुरुङले टिकटकबाट चर्चामा आएका बद्री प्रसाद तिवारीलाई मुख्यपात्रका रुपमा प्रस्तुत गर्दैछन् । नायकको भूमिकामा तिवारी रहनेछन् । यस्तै थुप्रै म्युजिक भिडियोमा अभिनय गरेकी सोफी धरेल नायिकाको भूमिकामा रहनेछिन् । तिवारी र धरेलको यो पहिलो चलचित्र हो ।


मल्टी क्यारेक्टरवाला स्टोरीमा बन्ने चलचित्रमा प्रकाश घिमिरे, कमल भण्डारी, सुगत करणजीत, विकास खनाल, संगम कायस्थ, राजेन्द्र अधिकारी, राम बास्तोला, सरिता दानकुटी, प्रमिला तुलाचन, अर्जुन खड्का लगायतका कलाकारहरुको अभिनय रहनेछ । टिकटकमा मार्फत चर्चामा आएका सहित धेरै नयाँ कलाकाहरुलाई स्थान दिइएको निर्देशक गुरुङले बताए ।



चलचित्रलाई छायाँकन दिपेश केसीले गर्नेछन् भने पब्लिसिटी डिजाइनरमा सविन गायक रहेका छन् । सो अवसरमा सविन गायकले नै डिजाइन गरेको फस्ट लुक पनि सार्वजनिक गरिएको छ । सपना तिवारीको ड्रेस डिजाइनमा चलचित्र निर्माण हुनेछ ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist