Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
Next
Prev

पुतलीबजार नगरपालिका ८ बहाकोट कोटकालिका मन्दिरको समुद्घाटन

Share on facebook
Share on twitter
Share on linkedin

✍️रमेश गोदार
पुतलीबजार नगरपालिका ८, बहाकोटमा अवस्थित बहाकोट कोटकालिका मन्दिरको एक समाराेहका बिच समुद्घाटन गरिएको छ ।
बाइसे राजा पृथ्वी वीर विक्रम शाहाको पालामा स्थापित कोटकालिका मन्दिर जीर्ण बनेसँगै मन्दिरको जीर्णोद्धार सहित पुननिर्माण, सिमेन्टको सट्टा ढलोटको मूर्ति स्थापना र विधिवत् पूजापाठ गरि बुधबार पुतलीबजार नगरपालिकाका प्रमुख तुलसीराम रेग्मीले समुद्घाटन गर्नुभएको हो ।



समुन्द्री सतहदेखि १९०० मीटर उचाईमा रहेकाे मन्दिरको मौला र शिला बाहेक सम्पूर्ण संरचनाको पुननिर्माण गरिएको हो । मन्दिरको समुद्घाटन एवं सहयोगी चन्दादातालाई सम्मान गर्दै नगरप्रमुख रेग्मीले ऐतिहासिक मन्दिरको पुननिर्माण पश्चात मन्दिर आकर्षक बनेकोले बहाकोटमा आन्तरिक एंव बाह्य पर्यटक भित्रिने बताउँनुभयो । उहाँले मन्दिरसम्म सजिलै आउने बाटो निर्माणमा आफूले सक्दो सहयोग गर्ने र संघ प्रदेशसँग समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।



प्रमुख रेग्मीले ऐतिहासिक एंव धार्मिक मन्दिर दर्शनका लागि बहाकोट भित्रिने पाहुनालाई रैथानेबालीको परिकार खुवाउन र स्थानीय संस्कृतिको प्रवर्द्धन गर्न होमस्टेका लागि समेत सोंच बनाउँन अनुरोध गर्नुभयो । नुवाकाटे राजाकाे संरक्षकत्वमै रहकाे बहाकाेटमा घुम्दै मन्दिर क्षेत्रमा पुगेका राजा पृथ्वी वीर विक्रम शाहाले बाहिर बाघ सुतिरहेरेकाे देखेपछि गेटपाले सिपाहीले बाघलाई तरवारले काट्दा दुईटा कन्या दिदी कुश्मावती र बहिनी कठावति उत्पत्ति भई उनीहरूलाई देवीका रुपमा पूजापाठ गर्न थालिएको कथन रहेको स्थानीय पूजारी उदयराज मरासिनीले बताउनुभयो ।


मन्दिर निर्माण समितिका अध्यक्ष भरतकुमार रानाले सिपाहीले मन्दिर अगाडी सुतिरहेको बाघलाई तरबारले काटेकाले सो ठाउँको नाम बाघकाट र समयान्तरमा अपभ्रम्स भई यस ठाउँको नाम बहाकोट रहन गएको किंवदन्ती रहेको बताउँदै सुतेकै बाघलाई सिपाहीले काटेकाले बहाकोट कोटकालिकाको मौला समेत सुताइएर राख्ने गरिँदै आएको बताउँनुभयो ।


पुतलीबजार नगरपालिका, गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय लगायत स्थानीय र बाह्य सहयोगी एंव चन्दादाताको एक करोड बढीको लागतमा पुननिर्माण गरिएको मन्दिरका सचिव कमला रानाले जानकारी दिनुभयो । मन्दिरमा बडादसैंको महाअष्टमीको रातमा कालरात्रीको बिशेष पूजापाठ हुने साथै बडादसैकाे नवमी र चैतेदसैंको अष्ठमीमा पञ्चवली सहित विशेष पूजा हुने गर्दछ । कोटकालिका सम्झी भाकल गरेमा मनोकांक्षा पुरा हुने जनविश्वासले वरपर लगायत छिमेकी जिल्लाका भक्तजन आउने गरेको मन्दिर निर्माण समितिका अध्यक्ष रानाले बताउँनुभयो ।



३ रोपनी ८ आना क्षेत्रफल ओगटेको मन्दिर परिसरमा भ्यू टावर निर्माण, प्याराग्लाइडिङ उडान, बाइसे चौविसे राजाहरुको मौलिकता र संस्कृति झल्कने संग्राहलय निर्माणसँगै गाउँमा होमस्टे निर्माण गरिने आर्थिक समितीका संयोजक इन्द्रबहादुर थापाले जानकारी दिनुभयो । अध्यक्ष भरतकुमार रानाको अध्यक्षतामा सम्पन्न उद्घाटन समारोहमा कोषाध्यक्ष सुबेदार मेजर सूर्यबहादुर थापाले स्वागत एंव यदुकुमार रानाले कार्यक्रम संचालन गर्नुभएको थियो ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist