✍️ अजय क्षेत्री
पोखरा – आगामी चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो प्यानललाई “शैक्षिक सुधारको एक मात्र आधार: नेविसंघ नेतृत्वको विद्यार्थी सरकार” भन्ने नारासहित अघि सारेको छ।
यस पटकको निर्वाचनमा सभापति पदका उम्मेदवार शुसिल न्यौपाने सहितको टिमलाई अत्यधिक बहुमतले विजयी गराउन नेविसंघले व्यापक चुनावी अभियान सञ्चालन गरिरहेको छ। क्याम्पसका विद्यार्थीहरूलाई शैक्षिक गुणस्तर सुधार, प्रशासनिक पारदर्शिता, छात्रवृत्तिको उचित वितरण, र क्याम्पसभित्र विद्यार्थी मैत्री वातावरण निर्माण गर्ने प्रतिवद्धता नेविसंघले व्यक्त गरेको छ।
त्यसैगरी, अमिषा यादवले कोषाध्यक्ष पदका लागि उम्मेदवारी दिएकी छन्। उनी कानुन संकाय अन्तर्गत बिए एलएलबी (B.A. LL.B.) अध्ययनरत विद्यार्थी हुन्।
विद्यार्थी समुदायलाई “Be the Change You Wish to See” भन्ने सन्देश दिँदै नेविसंघले आफ्नो नेतृत्वमा शिक्षालाई समृद्ध बनाउनुपर्ने आवश्यकता औंल्याएको छ। शैक्षिक सुधार, विद्यार्थी अधिकार र लोकतान्त्रिक मूल्यमान्यता सुनिश्चित गर्ने लक्ष्यसहित उम्मेदवारहरूले प्रतिबद्धता जनाएका छन्।
क्याम्पसका विद्यार्थीहरूलाई मतदानमा सक्रिय सहभागिता जनाई शुसिल न्यौपाने नेतृत्वको टिमलाई विजयी गराउन अपिल गरिएको छ।