✍️ अजय क्षेत्री
पोखरामा गण्डकी प्रदेशस्तरीय आइटिएफ तेक्वान्दो बेल्ट टेष्ट सम्पन्न भएको छ । गण्डकी प्रदेश आइटिएफ तेक्वान्दो संघको आयोजनामा शनिबार सम्पन्न बेल्ट टेस्टमा उल्लेखनिय सहभागिता रहेको संघले जनाएको छ । उक्त बेल्ट टेस्ट कार्यक्रमको गण्डकी प्रदेशका सांसद प्रकाश बरालले उद्घाटन गरेका थिए ।
यस्तै उक्त बेल्ट टेस्ट कार्यक्रममा गण्डकी प्रदेशका विभिन्न जिल्लाका ११५ जना खेलाडीहरुको सहभागिता रहेको नेपाल बताए ।
बेल्ट टेष्ट अन्तगर्त ब्ल्याक बेल्ट फष्ट, सेकेण्ड र थर्ड गरी तीन छुट्ट–छुट्टै विद्यामा परिक्षण सम्पन्न गरिएको जनाउँदै महासचिव थापाले प्रशिक्षार्थीहरुलाई सहायक प्रतियोगिता निर्देशक आशिष कार्की, सुरज सुनार,आकाश चन्द्र घर्ती मगरले परीक्षकको भूमिका निर्वाह गरेको थिएl
आइटिएफ तेक्वान्दो गण्डकी प्रदेशमा यूवा खेलाडीहरुका बिच लोकप्रिय खेल रहेको महासचिव थापाले जनाउँदै यस्ता अभियानहरुले खेलको विकास संगै खेलाडीहरुको स्तरवृद्धि गर्न सहयोग पुग्ने जनाए ।
स्मरणिय के छ भने नवौ रष्ट्रिय खेलकुदमा मार्शल आर्ट खेलमा आइटिएफ तेक्वान्दोले सबै भन्दा बढि पदक जितेको थियो । विगतमा गण्डकी प्रदेशका केही जिल्लामा सिमित आइटिएफ तेक्वान्दो सबै जिल्लामा आफ्नो पहुँचलाई अघि बढाएको समेत छ l कास्की जिल्ला आइटिएफ संघका उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक बिक्रम सुनार थिएl