✍️ सागर गिरी
पोखरा, पौष १० गतेदेखि १२ गतेसम्म पोखरामा ‘कन्टेन्डर सिरिज–२’ थाई–बक्सिङ प्रतियोगिता आयोजना हुने भएको छ। शक–यान मुवाँथाई क्लब पोखराको आयोजना तथा प्रदेश खेलकुद परिषद् गण्डकीको प्रवद्र्धनमा यो प्रतियोगिता लेकसाइडस्थित बाराही घाट खेल मैदानमा हुनेछ।
प्रतियोगितामा पाँच प्रदेशका ८४ जना खेलाडीहरुको सहभागिता रहनेछ। पुरुष र महिलाका विभिन्न उमेर समूहमा गरिने फाइटमा जुनियर र सिनियर (एमेच्योर/प्रोफेशनल) तर्फ गरी कुल ४२ फाइट हुनेछन्। प्रतियोगिताका प्रमुख संयोजक एवं प्रदेश खेलकुद परिषदका सदस्य खगेन्द्र क्षेत्रीका अनुसार विजेताले नगद पुरस्कारसहित मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।
पुरस्कार विवरण
पुरुष प्रोफेशनल मुख्य फाइट:
विजेता: नगद रु ५० हजार उपविजेता: नगद रु २० हजार
महिला मुख्य फाइट:
विजेता: नगद रु ३० हजार उपविजेता: नगद रु १५ हजार
विभिन्न अन्य फाइट:
विजेताले रु १५ हजार र उपविजेताले रु १० हजार
कोमेन इभेन्ट (पुरुष):
विजेता: रु २५ हजार उपविजेता: रु १५ हजार
यसका साथै, तीन जना इर्मजिङ खेलाडीहरुलाई नगद पुरस्कारसहित सम्मान गरिने छ।
खेलस्थल र अन्य विशेषता
प्रतियोगिताको स्थलमा खेलसंगै विभिन्न फुड स्टल, फन गेम्स, र निशुल्क फेस पेन्टिङको सुविधा रहनेछ। प्रतियोगिताको सञ्चालन चर्चित होस्ट रेमनदाश श्रेष्ठ र यकिन गुरुङले गर्नेछन्।
प्रतियोगिता मार्फत खेल पर्यटन प्रवद्र्धन गर्दै पोखरालाई व्यवसायिक खेलकुदको मुख्य केन्द्र बनाउने लक्ष्य राखिएको छ। आयोजनामा कुल २५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ।