✍️ अजय क्षेत्री
पोखरा – हेवन्ली ईभेन्ट म्यानेजमेन्टले पोखरामा पहिलो पटक “लिटल मिस मन्टेशवरी” कार्यक्रमको आयोजना गर्न लागेको छ। यो कार्यक्रम विशेष गरी ५ देखि १२ वर्ष उमेर समूहका मन्टेशवरीमा अध्ययनरत बालबालिकाहरूलाई लक्षित गरिएको छ।
कार्यक्रमका आयोजक सफल सुवेदीका अनुसार, यो कार्यक्रमले बालबालिकाको व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि, र जनसमक्ष निडर भएर बोल्न सक्ने क्षमता विकास गर्ने उद्देश्य राखेको छ। यस अवसरमा सहभागी बालबालिकालाई विशेष तालिम प्रदान गरिनेछ, जसले उनीहरूको समग्र विकासमा सहयोग पुर्याउने विश्वास लिइएको छ।
तालिम आगामी पौष २८ गते हुने छ भने सीमित दर्ता मात्र लिइने छ। इच्छुक अभिभावकले पौष २० गतेभित्र दर्ता प्रक्रिया पूरा गर्नुपर्ने जानकारी आयोजक संस्थाले दिएको छ।
यो कार्यक्रम पोखराका बालबालिकाको क्षमता उजागर गर्न र उनीहरूलाई आत्मविश्वासी व्यक्तित्वका रूपमा तयार गर्न एउटा महत्वपूर्ण पहल बन्ने अपेक्षा गरिएको छ।