Thursday, December 12, 2024

आजको मिति: २०८१ मंसिर २७ ,बिहीबार

  • समाचार
  • समाचार
  Latest
नेपाल प्रेस युनियनद्वारा १३ सदस्यलाई निष्कासन
पोखरामा ११ औं विश्व माटो दिवस मनाइयो
सम्झनामा मात्र डिल बहादुर गुरुङ !
Next
Prev

पोखरा महानगरमा उत्पन्न राजनीतिक तनाव प्रति वडाध्यक्षको गम्भीर ध्यानाकर्षण

Share on facebook
Share on twitter
Share on linkedin

✍️ अजय क्षेत्री
पोखरा। पोखरा महानगरपालिकामा पछिल्ला कार्यपालिकाका बैठकहरूमा भएका निर्णयहरूको कार्यान्वयनलाई लिएर महानगरपालिका र विभिन्न राजनीतिक दलबाट निर्वाचित जनप्रतिनिधिहरूबीच देखिएको मतभेद तथा त्यसबाट उत्पन्न राजनीतिक परिस्थितिप्रति वडा नं. २६ का वडाध्यक्ष एवं भौतिक पूर्वाधार समितिका संयोजक नरेन्द्र थापाले गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।


वडाध्यक्ष थापाले २५ औं कार्यपालिका बैठकले गरेका निर्णयहरूको कार्यान्वयनमा नेकपा एमाले समर्थित जनप्रतिनिधिहरूले महानगरमा धर्ना दिँदै आएका बेला महानगरका सुरक्षाकर्मी घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइते सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ। उहाँले राजनीतिक मतभेदका कारण राष्ट्रसेवक कर्मचारीलाई केन्द्रित गरी आक्रमण गरिनु नहुने विचार व्यक्त गर्दै जनप्रतिनिधिले गरेका निर्णयहरूको कार्यान्वयनमा महानगरका नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई कानूनी र नैतिक जिम्मेवारी लिन आग्रह गर्नुभएको छ।


वडाध्यक्ष थापाले पोखरा महानगरपालिकाभित्र रहेका विकृति, विसंगति तथा कर्मचारी प्रशासन सुधारका लागि विगतमा पटकपटक भद्र तरिकाले ध्यानाकर्षण गराउँदै आएको र कार्यपालिकाका निर्णयहरूको पारदर्शिता तथा जवाफदेहिताका लागि प्रत्यक्ष प्रसारणको माग राख्दै आएको जानकारी गराउनुभएको छ। उहाँले महानगरमा जनशक्तिको व्यवस्थापन सर्वेक्षण गरी कर्मचारीलाई चुस्त-दुरुस्त बनाएर सेवा प्रवाह सुधार गर्नुपर्ने, तर नीति र नियमभन्दा बाहिर गई करारमा कर्मचारी राख्नु तथा आर्थिक दायित्व थपिने गरी अन्यत्रबाट कर्मचारी ल्याउने कार्यले दीर्घकालीन असर पार्न सक्ने चेतावनी दिनुभएको छ।


वडाध्यक्ष थापाले हालको परिस्थितिलाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न विशेष आग्रह गर्दै नेपाली कांग्रेस र नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरू तथा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई समस्याको समाधानका लागि तत्पर हुन अनुरोध गर्नुभएको छ। उहाँले एक कार्यदल गठन गरी सम्पूर्ण समस्याको समाधान खोज्न तथा दैनिक सेवा प्रवाहलाई सहज बनाउन, विकास निर्माणमा केन्द्रित हुन महानगरपालिकाका सम्पूर्ण जनप्रतिनिधि र कर्मचारीलाई हार्दिक अनुरोध गर्नुभएको छ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist