पोखरा महानगरपालिका वडा न.१४ मा सरकारी विधालयका शिक्षकहरुलाई एकदिने क्षमता अभिबृद्दि तालिम सम्पन्न भएको छ ।
७० जना शिक्षक शिक्षिका सहभागिता भएको तालिममा पाठयत्रम विकास केन्द्रका अधिकृत लबदेव भट्टले प्रशिक्षण दिनुभएको थियो भने ५ वटा सरकारी स्कुल रहेको वडा न.१४ मा प्रध्यानधयापक ब्यबस्थापन समितिका अध्यक्षको पनि सहभागिता रहेको थियो ।
यसअघि पनि महिला क्षमताबृदि उदघोषक मादल बजाउने तालिम, चप्पल बनाउने तालिम वडा कार्यलयले गर्दै आएको थियो ।
वडा कार्यलयको माछापुच्छ्रे भवनमा भएको कार्यक्रम वडा अध्यक्ष बोध बहादुर कार्कीको प्रमुख अतिथ्ततामा उदघाटन भएको थियो भने कार्यक्रम वडाका सचिव रामचन्द्र पौडेलले सन्चालन गर्नुभएको थियो ।