✍️ अजय क्षेत्री
सम्माननीय प्रधानमन्त्रीसँग आज नेकपा (एमाले) कास्की र नेपाली कांग्रेस कास्कीका प्रतिनिधिहरूले कास्की जिल्लाका प्रमुख विकासीय विषयहरूबारे छलफल गरेका छन्।
भेटघाटका क्रममा प्रतिनिधिहरूले पोखरामा अन्तर्राष्ट्रिय उडानलाई प्रभावकारी बनाउनुपर्ने, कोरलानाका अध्यागमन व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने, र पोखरा-काठमाडौँ सडक निर्माण कार्यलाई द्रुतगतिमा अघि बढाउनुपर्ने विषयमा प्रधानमन्त्रीलाई जानकारी गराउँदै यी विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न अनुरोध गरे।
प्रधानमन्त्रीले कास्की जिल्लाको विकासका लागि संघीय सरकारले आवश्यक सहकार्य गर्न प्रतिवद्धता व्यक्त गरेका छन्। भेटका क्रममा पोखरालाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यका रूपमा विकसित गर्न पनि विशेष ध्यान दिने विषयमा छलफल भएको थियो।