Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

महिला संघले सातै प्रदेशमा प्रशिक्षण गर्ने

Share on facebook
Share on twitter
Share on linkedin

✍️अजय क्षेत्री
नेपाली काँग्रेसको भातृ संगठन नेपाल महिला संघको नव गठित केन्द्रीय तदर्थ समितिको प्रथम बैठकले देशका सातै प्रदेशका महिलाहरूलार्ई प्रशिक्षण दिने भएको छ । संघका अध्यक्ष उषा रावत मिश्रको अध्यक्षतामा बसेको बैठकले विभिन्न समिति गठन लगायत सात वटै प्रदेशमा प्रदेश स्तरीय प्रशिक्षण गर्ने भएको हो ।


वर्तमान परिस्थितीमा महिलाका राजनितिक, आर्थिक हक अधिकार लगायत समानता र सुरक्षाका विषयमा नेपाल महिला संघ कसरी प्रस्तुत हुने, नेपाली काँग्रेसको नीति तथा सिद्धान्त लगायत महिला सुरक्षा र महिला संघको आगामी कार्यदिशा सहित विभिन्न विषयहरूमा जानकारी गराउने उद्देश्यका साथ सातैवटा प्रदेशमा प्रशिक्षण गर्न लागिएको हो ।


लोकतन्त्रवादी महिलाहरूको एकमात्र छाता संगठनको रूपमा ७६ वर्ष अगाडि नेपाली महिलाहरूको सर्वाङ्गिण हित, राजनितिक अधिकार प्राप्ति, स्वतन्त्रता, समानता, आर्थिक समानताका सवालमा बुलन्द आवाज उठाउने पवित्र उद्देश्यका साथ स्थापना भएको नेपाल महिला संघले आम महिलाको हक अधिकार स्थापित गर्ने विषयमा अझ सशक्त भुमिका खेल्नुपर्नेमा बैठकमा सहभागी महिलाहरूले जोड दिएका छन् । बैठकमा बोल्दै संघका अध्यक्ष मिश्रले महिला संघ स्थापना पश्चात् हरेक राजनितिक आन्दोलनहरूमा आफूलाई खरो रूपमा प्रस्तुत गर्दै आएको यो संगठनको भविश्यमा पनि विशेष भुमिका रहने बताउनुभयो ।


पार्टीको चौधौं महाधिवेशन पछि बनेको तदर्थ समितिले यथासक्य छिटो जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशन गर्ने गरी तयारी गर्न लागेको प्रेस संयोजक मञ्जु नेपाल भण्डारीले बताउनुभयो । संघले प्रदेशहरूमा प्रशिक्षण कार्यक्रम गर्ने, संघको स्थापना दिवस मनाउने र संस्थापक अध्यक्ष स्वर्गीय मंगलादेवी सिंहको स्मृति दिवस मनाउने लगायतका निर्णयहरू गरेको र जिल्ला अध्यक्ष, प्रदेश अध्यक्ष तथा प्रदेश प्रशिक्षणका लागि केन्द्रीय प्रतिनिधि तोक्ने अधिकार अध्यक्षलाई दिएको भण्डारीले जानकारी दिनुभयो ।


संघले प्रदेश कार्यसमिति र जिल्ला कार्यसमितिहरूको मनोनयन गर्ने कामलाई छिट्टै पुरा गरी संगठनलाई गतिशील बनाउने जनाएको छ । 


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist