Saturday, July 27, 2024

आजको मिति: २०८१ श्रावण १२ ,शनिबार

  • समाचार
  • समाचार
  Latest
लाइभ कन्सर्टमा पोखरा आउदै करण परियार
रनवेबाट चिप्लियो विमान थप विवरण आउन बाँकी
खुल्ला रक्तदानमा ५४ युनिट रगत संकलन
Next
Prev

शनिवार पोखरामा ‘हल्कारा’को हाउस फुल

Share on facebook
Share on twitter
Share on linkedin

पोखरा,शुक्रबार देखि रिलिज भएको चलचित्र ‘हल्कारा’हेर्न गाउँ गाउँ देखि दर्शकहरु आउन थालेका छन् । शनिवार सार्ववजीक विदा पनि भएकाले पोखरामा रहेको क्युएफक्स हलमा हाउस फुल भएको छ । हल्कारा फिल्मका अभिनेता  महेश त्रिपाठी कास्कीको पोखराका स्थानीय हुन्। झन्डै डेढ दशक अघि गण्डकी प्रदेशको राजधानी पोखराबाट संघिय राजधानी काठमाडौँ कलाकार बन्नकै लागि उनि आएका थिए।


काठमाडौँ आएपछि ओस्कार कलेज अफ फिल्म स्टडिजमा अभिनय पढ्न थालेका त्रिपाठीले सोहि कलेजमा अध्यापक बने। हाल उनि अभिनय विभाग प्रमुख छन्। उनले पहिलो पटक अभिनय गरेको तर रिलिजको हिसाबले तेश्रो बनेको चलचित्र ’हल्कारा’बाट प्रतिष्ठित अन्तराष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट अभिनेता समेत बनेपछि उनको चर्चा व्यापक भएको थियो।


कोभिड(१९ को महामारीले गर्दा केहि समय पहिले नै रिलिज हुनुपर्ने यो चलचित्र अहिले बल्ल रिलिज भएपछि दर्शकहरुको प्रतिक्षा पुरा भएको छ। शनिबार पोखराको ट्रेड मलमा रहेको हलमा सयौंको संख्यामा एकसाथ दर्शक आई चलचित्र हेरेका छन्। कास्कीका कास्कीकोट र मालेपाटन ढिकुर पोखरी , फुलवारी ,काहु  लगायतका गाउँबाट उनीहरु बस नै रिजर्भ गरेर पोखरा आएका थिए।


गत बर्ष ५५औँ वल्र्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा यो चलचित्रले उत्कृष्ट चलचित्रसँगै महेश त्रिपाठीलाई उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीलाई उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त भएको थियो ।


यो चलचित्र कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो । हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो चलचित्रले अन्य केहि अन्तराष्ट्रिय महोत्सवहरुमा समेत सहभागिता जनाएको छ । नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा ‘बेस्ट लङ्ग न्यारेटिभ फिल्म’ बनेको थियो भने फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाईनल सम्म पुगेको थियो । त्यस्तै, युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो ।


महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह(लेखन गरेका छन् । महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री लगायतको अभिनय रहेको छ । यसमा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्यूजिक रहेको छ भने प्रोडक्सन साउण्ड ज्योती रानाको रहेको छ । कलरिस्ट लियोनार्डो क्यान्डियन हुन् ।


Add Your Heading Text Here

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित न्यूज

Welcome Back!

Login to your account below

Create New Account!

Fill the forms bellow to register

Retrieve your password

Please enter your username or email address to reset your password.

Add New Playlist